• रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड बराबरको बजेट विनियोजन गरेको छ ।

    गोकुलगंगा गाउँपालिकाले आज आयोजित १७ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष उषा कार्कीले करिब ५६ करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन् । 

    आगामी आर्थिक वर्षकालागि प्रस्तुत बजेटमा संघीय सरकारको वित्तिय हस्तान्तरण र राजस्व बाँडफाँटवाट ४२ करोड २९ लाख ९५ हजार, प्रदेश सरकारको वित्तिय हस्तान्तरण र राजस्व बाँडफाँटवाट १० करोड ७ लाख र आन्तरिक आम्दमानी ४ करोड ५१ लाख हुने अनुमान गरिएको छ ।

    यस्तै,कषि तथा पशुपन्क्षि विकास, पर्यटन, सहकारी, जलस्रोत तथा सिंचाई, र भूमि व्यवस्थातर्फ २ करोड ५८ लाख ३० हजार र वातावरण संरक्षण, बिपद् व्यवस्थापन, गरिवी निवारणतर्फ १ करोड ७३ लाख ३२ हजार बजेट छुट्टयाइएको छ ।

    यसैगरी, गोकुलगंगा गाउँपालिकाले सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, युवा तथा खेलकूद, भाषा र संस्कृति, लैंगीक समानता र समावेशीकरणतर्फ २५ करोड ३३ लाख ८३ हजार, पूर्वाधार विकासतर्फ सडक, पुुल लगायतका यातायात पूर्वाधार विकास, भवन, आवास तथा सहकारी विकास, उर्जा र सम्पदा पूर्वाधारतर्फ १६ करोड २२ लाख ४९ हजार र संस्थागत विकास, सेवा प्रवाह तथा कार्यालय संचालनकालागि ११ करोड ११ लाख रुपैयाँ बजेट विनियोजना गरेको छ ।

    गोकुलगंगा गाउँपालिकाको गाउँ सभा एवँ १७ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष खड्काले पालिकाको विकासलाई एक द्धार प्रणाली मार्फत अघि बढाउन ‘आयोजना बैंक’ स्थापना गर्ने र सो बैंकमा समावेश गरिएका आयोजनालाई मात्रै बजेट विनियोजन गर्ने जानकारी दिनुभयो ।

    गाउँपालिकाका रणनीतिक ठूला आयोजनाहरुको पहिचान गरी ‘गाउँपालिका गौरवका आयोजना’ का रुपमा अघि बढाउने र ती आयोजनामा स्रोतको कमी हुन नदिने पनि अध्यक्ष खड्काले बताउनुभयो ।

    विगतका अधुरा आयोजनालाई क्रमागत आयोजनाकारुपमा निरन्तरता दिने र गाउँपालिकाको सडक गुरुयोजना कार्यान्वयनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    बजेट प्रस्तुत गर्दै उपाध्यक्ष कार्कीले अन्तर सरकारी अख्तियारी अन्तर्गत संघीय सरकार र प्रदेश सरकारवाट प्राप्त हुने १२ करोड रुपैयाँ गाउँपालिकाको संचित कोषमा प्राप्त नहुने हुँदा सो बजेटलाई अन्तरसरकारी अख्तियारीबाट नैं खर्च तथा लेखांकनको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष कार्कीले बताउनुभयो ।

सम्वन्धित समाचार

काठमाडौं ।  सुन तस्करी प्रकरणमा पक्राउ परेकी नेकपा माओवादी नेतृ अमला रोकालाई काठमाडौं जिल्ला अदालत…

काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज (आइतबार) बिहान ११ बजे संसद भवन नया…

काठमाडौँ । देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको प…

रामेछाप । बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा १५ दिनका लागि रोक लगाइएको छ । शुक्रबार सिन्धुल…