काठमाडौ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले सशस्त्र प्रहरी बल, नेपालको सहायक निरीक्षक (असई) पदमा नाम निकालिदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ का ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई सोमबार काठमाडौंको नागार्जुन नगरपालिका–७, रामकोटबाट पक्राउ गरेको हो ।
उनले असई पदमा नाम निकालिदिन्छु भनी विश्वास दिलाई इ–सेवा आईडी र विभिन्न बैङ्क खातामा कूल ४ लाख ९१ हजार रकम ठगी गरेकको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेका क्षेत्रीलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको छ । काठमाडौं जिल्ला अदालतबाट असार ८ गते क्षेत्रीमाथि पक्राउ पुर्जी जारी भएको थियो ।
 
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        