• रामेछाप । सामुदायिक विद्यालयबाट परीक्षा दिई एसइईमा ४ जिपिए ल्याएकी रामेछापको खनियाँपानी स्थायी घर भएकी गोमा श्रेष्ठलाई भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२ पढाउने घोषणा गरेका छन्।

    श्रेष्ठ चार वर्षको उमेरदेखि भक्तपुरको इँटाभट्टामा अभिभावक सँगै बसेर चाँगुनारायण नगरपालिका -८, सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययन गर्दै आइरहेकी थिइन्।

    एसइई परीक्षा २०८१ मा श्रेष्ठले ४ जिपिएसहित उत्तीर्ण भएकी हुन्। गोमाको चाहना भविष्यमा डाक्टर बन्ने रहेको छ। त्यसका लागि उनी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भई पठनपाठन गर्ने तयारीमा छिन्।

    गोमालाई सांसद थापाले नासा कलेजमा छात्रवृत्ति दिने घोषणा गरेका हुन्। सांसद थापाले गोमालाई कक्षा १२ पछि पनि डाक्टर बन्न थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गंगाको बारेमा समाचार प्रकाशित भएपछि सांसद थापाले चासो व्यक्त गर्दै उनलाई छात्रवृत्ति दिने घोषणा गरेका हुन्।

    सांसद थापाले भने, ‘गोमाले चाहेको अवस्थामा उनलाई कक्षा ११ र १२ मा विद्यालयको शुल्क मात्र होइन, पोसाक र किताबसमेत निःशुल्क दिने घोषणा गर्दछु।’ सांसद थापाले गोमालाई भेटेर यसबारेमा कुराकानी गर्ने बताए।

    सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जीपीए हासिल गरेकी उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भइन्, भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनिन्।

सम्वन्धित समाचार

रामेछाप । रामेछापमा एक वृद्धाले झुन्डिएर आत्माहत्या गरेका छन् । जिलाको लिखु तामाकोसी गाउँपालिका वडा न…

रामेछाप । भोटेकोशी बाढीमा रसुवाको टिमुरे खोलाबाट बेपत्ता भएका तीन प्रहरीमध्ये एक  जनाको शव फेला प…

रामेछाप। रामेछापको लिखु तामाकोसी गाउँपालिकाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रा…

रामेछाप । रामेछापमा एक युवक मृत अवस्थामा फेला परेको छ। रामेछाप नगरपालिका १ गोठगाउँमा अन्दाजी ३२/३३ वर्…