मोरङ । मोरङको पथरीशनिश्चरे—१ कि रिजु भट्टराई नेपालको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगिता भिड्न जाने भएकी छन् । 
नेपालको तर्फबाट विश्व सुन्दरी भिड्न अल्वानिया जानेभएपछि सोमबार पथरीशनिश्चरे नगरपालिकाले बधाई तथा शुभकामना दिएको छ । 
गत बैशाखमा राजधानी काठमाडौंमा भएको मिस नेपाल प्रतियोगितामा पथरीशनिश्चरे कि रिजु भट्टराई मिस ल्गोब जितेकी छन् । रिजुले मिस ल्गोबको साथै फाइनल प्रतियोगितामा पब्लिक च्वाइस अवार्डसमेत हाता परेकी छन् । 
रिजुले यस अघि २०७६ मा पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा पहिलो नगरपालिका सुन्दरी बिजेता बनेकी थिइन । सन २०१९ मा धरानमा भएको प्रतियोगितामा पूर्वाञ्चल सुन्दरी जिते । 
नेपालमा मिस ल्गोब घोषित रिजु विश्व सुन्दरी प्रतियोगिता भिड्न अल्वानिया जाने तयारीमा छन् । पथरीशनिश्चरे नगर कार्यपालिकाले सोमबार नगरको सभा हलमा बोलाएर धबाइ तथा शुभकामना दिएको छ । 
नगर प्रमुम मोहनप्रसाद तुम्बापोले रिजु भट्टराई हालसम्मको प्रतियोगितामा जितेकोमा बधाई दिदै विश्व बिजेता बनेर नगरपालिका फर्किन शुमकामना दिएका छन् । कार्यक्रममा वडा अध्यक्षहरुले खदा र टिका लगाएर बधाई शुभकामना दिएका छन् । 
 
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        