• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले एक सञ्चार सस्थासहित चार जना पत्रकारलाई सम्मान पुरस्कार र १३ जनालाई लेखनवृत्ति प्रदान गरेको छ ।
    लामो समयदेखि पथरीशनिश्चरे बिट (क्षेत्र) बनाएर पत्रकारिता गर्दै आउनु भएका दिनेश सुब्बा, केशव निरौलालाई पथरीशनिश्चरे नगरपालिकाले नगदसहित सम्मान गरेको हो । 
    त्यसैगरी क्रियाशील पत्रकार पुरस्कारबाट छविराज ढकाल र सञ्चार संस्था तिम्मा न्युज अनलाइनलाई नगद २५ हजारसहित सम्मान गरेको हो । 
    लेखनवृत्ति तथा सुरस्कार छनौट समितिका संयोजक जीवन खतिवडा (१० नं. वडा अध्यक्ष)को सभापतित्वमा भएको कार्यक्रममा वडा अध्यक्षहरु लोककिरण न्यौपाने, ८ का अध्यक्ष नवीनजङ्ग किर्की, शिक्षा विभाग प्रमुख नवीन खुलाल, स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो । सम्मानित पुरस्कृत पत्रकारहरुलाई जनप्रतिधिहरु, उपस्थिति अतिथिहरुको हातबाट सम्मान पत्र, प्रशंसा पत्र, टिका र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
    पथरीशनिश्चरे नगरपालिकाले जनही १० हजारको दरले १३ जना पत्रकारलाई लेखनवृत्ति प्रदान गरेको थियो । 
    पथरीशनिश्चरे नगरको सूचना सम्पादक सन्तोष राईको अनुसार लेखनवृत्ति फिपराज बेघा, मोहन भट्टराई, अर्जुन काफ्ले, केशव निरौला,
    विजय खम्बु, छविराज ढकाल, संगीता राई, प्रेम केडी भट्टराई, भूमिप्रसाद पाठक, भिमराज अधिकारी, रामकुमार परियार, ईश्वर दुलाललाई प्रदान गरिएको थियो । नगरपालिकाले बर्षेनि पत्रकारहरुको लेखन क्षमता वृद्धि विकास गर्ने उदेश्यले लेख्न इच्छुक पत्रकारहरुलाई लेखनवृत्ति प्रदान गर्दै आएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…