• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा, कुक र ड्राइभिङ तालिम समापन भएको छ । 
    पथरीशनिश्चरे नगरपालिकाको आदिबासी जनजाति लक्षित वर्गको कार्यक्रममा तीन प्रकारको तालिम शनिबार समापन भएको हो । नेपाल आदिबासी जनजाति महासंघ समन्वय समिति पथरीशनिश्चरेको आयोजना÷संयोजनमा एक महिने तालिमहरु भएको थियो । 
    जिल्ला उद्यमी समूह संघ मेचीनगर झापाको प्राविधिक सहयोगमा वारिष्टा, कुक र नेम्वाङ ड्राइभिङ सेन्टर मार्फत तालिम दिइएको आयोजक समितिको अध्यक्ष देवेन्द्र वनेमले बताए । 
    आयोजक समितिको अध्यक्ष वनेमको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहोन तुम्बापो, फोनिज संघीय उपाध्यक्ष अर्जुन जम्नेली राई, धिमाल जातीय विकास केन्द्रका सचिव रोमान्सि धिमाल, वारिष्टा तालिम कार्यक्रम संयोजक दयालाल (डीएल) राजवंशी, नेम्वाङ ड्राइभिङ सेन्टरका अनुप नेम्वाङ लगायतले बधाई तथा शुभकामना दिएका थिए । 
    ड्राइभिङ तालिम लिनेहरु मध्ये १० जनाले सवारी चालक अनुमति पत्र लिइसकेको, बारिष्टा, कुक तालिम प्रभावकारी भएको आदिबासी जनजाति नगर महासंघका उपाध्यक्ष राजेन्द्र गुरुङले बताए । तालिममा सहभागीहरुलाई नगर प्रमुख र अतिथिहरुको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । उद्घाटन र समापन कार्यक्रममा विभिन्न सामुदायिक संस्थाका अध्यक्षहरु उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…