• मोरङ । मोरङको पथरी शनिश्चरे–१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको सालिक अनावरण भएको छ ।
    महागुरु प्रतिष्ठान शनिश्चरे नगर शाखाको आयोजनामा आइतबार  किराँत धर्मका प्रमुख माङसेवा सावा (प्रमुख पुजारी) मनप्रसाद थलङ, पथरी शनिश्चरे संयुक्त धार्मिक स्थल संरक्षण समितिका अध्यक्ष ज्ञानेन्द्र राई, सचिव शुरेस कार्की (वडा पालिका सदस्य) लगायतको हातबाट शालिकको संयुक्त रूपमा अनावरण गरिएको थियो । 
    महागुरु प्रतिष्ठान शाखा समितिका अध्यक्ष समशेरकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा बगाले थापा समूहका अध्यक्ष टेकबहादुर थापा, वडा सदस्य शुरेस कार्की लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा किरात धार्मिक गुरु पदमकुमार नेम्वाङ, संयुक्त धार्मिक समितिको सदस्य भेषबहादुर गुरुङ, टेकलबहादुर पाण्डे लगायतको उपस्थिति रहेको थियो । 
    महागुरु फाल्गुनन्दको शालिक अनावरण गर्दै प्रमुख अतिथि मनप्रसाद थलङले ’महागुरुको शालिक अनावरणले थप धार्मिक तथा पर्यटकीय महत्व राख्ने’ बताए । किरात धर्मको प्रमुख पुजारीसमेत रहेका थलङले यस स्थलमा महागुरुको पुरा कदको शालिक एक लाखभन्दा बढी अनुयायीहरुको वीचमा नेपालको राष्ट्र प्रमुखको उपस्थितिमा भव्य कार्यक्रम गरिने बताए ।  
    महागुरु फाल्गुनन्दको शालिक राखिएकोमा पथरीशनिश्चरे नगरको  पर्यटन  विकास सहयोग पुग्ने बताए । 
    वडा सदस्यसमेत रहेका शुरेस कार्कीले धार्मिक स्थालमा कसैले असर नगर्ने अनुरोध गरे । नगरमा ३४ वटा धार्मिक संस्थाहरु रहेकोले सबैको संरक्षण गर्नुपर्ने बताए । धार्मिक कार्य घरमा गरौ अटिन्दैन नगरौ भावि पुस्तालाई हस्तान्तरण गर्नुपर्ने भएकोले धार्मिक क्षेत्र संरक्षण गर्ने सबैको दायित्व रहेको कार्कीले बताए । 
    बगाले थापा समूहका अध्यक्ष टेकबहादुर थापाले किरात धर्मका महागुरु फाल्गुनन्दको शालिक राख्न शिल्यानास गरेपछि इँटा, झण्डा, त्रिशुल तोडफोड भएको सुनेर दुःख लागेको थापाले बताए । समस्य भए वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् ।  
    सो स्थलमा २०८२ बैशाख २४ गते पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा महागुरु फाल्गुनन्दको शालिक राख्न शिलान्यास भएको थियो । शिलान्यास गरेपछि लामो समय खालि राख्न नहुने किरात मुन्दुम संस्कार अनुसार सानै भएपनि शालिक आज राखिएको भविश्यमा पूर्ण कदको ठूलो शालिक राखिने बताएका छन् । फाल्गुनन्दको प्रतिमा अनावरणपछि दीप प्रज्वलन , माल्यार्पण सहित ओमकार गरेका थिए । 
    सो स्थालमा असार १४ गते आएका केही समूहले शिलान्यास गरेको इँटाहरु, त्रिशुल, नेपालको राष्ट्रिय झण्डा, किरात धर्मको ध्वजाहरु उखलेर लडाएको, फालिएको अवस्थामा भेटेपछि असार १५ गते किरात धर्मका अनुयायीहरु भेला भएर वृक्ष रोपन गरेका छन् । १५ गते प्रदेश सभा सदस्य (सांसद)हरु मानबहादुर लिम्बू र गीता तिम्सिना आएर अवलोकन गरेका थिए । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा, कुक र ड्राइभिङ तालिम समापन भएको छ ।  …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले एक सञ्चार सस्थासहित चार जना पत्रकारलाई सम्मान पुरस्कार र १३ जनालाई…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ कि रिजु भट्टराई नेपालको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगिता भिड्…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेप…