• मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक भएको छ ।
    गाउँपालिका अध्यक्ष राजमति इङ्नाम लिम्बू, उपाध्यक्ष भोला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव, ५ नं. वडा अध्यक्ष चरण गुरुङ लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा पालिका सभाबाट पारित वजेट सार्वजनिक भएको थियो । 
    पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष भोला अधिकारीले पालिका सभाबाट पारित भएको बजेट विज्ञप्ति वाचन गरेर सार्वजनिक गर्नुभएको थियो । कानेपोखरी गाउँपालिकाको आर्थिक बर्ष २०८२÷०८३ को लागि ६७ करोड ६७ लाख ५३ हजार अनुमानित बजेट पारित गरिएको उपाध्यक्ष अधिकारीद्वारा प्रस्तुत विज्ञप्तिमा उल्लेल छ । 
    आयतर्फ संघीय, प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त बजेट, आन्तारिक राजस्वबाट ४ करोड, अल्या १० करोड लगायत १४ करोड प्रस्तुत बजेटमा उल्लेख छ । 
    पूर्वाधार विकासमा १४ करोड ३५ लाख, जस मध्ये पालिका प्रशासनिक भवनको लागि ४ करोड बिनियोजन भएको छ । शिक्षामा २ करोड १४ लाख ४९ हजार बजेट पारित गरेको विज्ञप्तिमा उल्लेख छ । पालिकामा कक्षा ११ र १२ निशुल्क पठनपाठनको लागि ३५ लाख बिनियोजन भएको छ । 
    वडाहरु ७ वटालाई सिलिङ बजेट २० लाखको दरले २ करो १० लाख । कृषितर्फ ४९ लाख ५० हजार, खेलकुदमा ३० लाख, लक्षित वर्गको लागि ३० लाख ७५ हजार बजेट विनियोजन भएको उपाध्यक्ष भोला अधिकारीद्वारा प्रस्तुत बजेटमा उल्लेख छ । स्वास्थ्यतर्फ ८६ लाख, ८६ लाख बाहेक अस्पतालको लागि करार स्वाथ्य कर्मचारीको लागि ५२ लाख बिनियोजन भएको उपाध्यक्ष भोला अधिकारीले बताउनुभयो । 
    बजेट सार्वजनिक भएपछि उठेका प्रश्नहरुमा पालिका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव लगायतले जवाफ दिनुभएको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…