• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित न्यू प्यागोडा इङ्लिस बोर्डिङ स्कुलले मिस नेपाल ग्लोब—२०२५ विजेता रिजु भट्टराईलाई नगदसहित सम्मान गरेको छ ।
    मंगलबार विद्यालयले कार्यक्रम आयोजना गरेर भट्टराईलाई मायाको चिनो, खदा र नगदले सम्मान गरिएको हो ।
    रिजु भट्टराईले न्यू प्यागोडामा कक्षा ३ देखि कक्षा १० सम्मको अध्ययन पूरा गरेका थिए । विद्यालयका प्रिन्सिपल उद्वव निरौला, संस्थापक निर्देशक टीका प्रसाद दङ्गाल र व्यवस्थापक दुर्गा सुवेदी दङ्गालले संयुक्त रूपमा भट्टराईलाई सम्मान गरेका थिए ।
    सम्मान ग्रहण गर्दै भट्टराईले न्यू प्यागोडामा अध्ययन गरेका बेला आफूले अनुभव गरेका पलहरू स्मरण दिएकी थिइन् । उनले विद्यालयले आफूलाई दिएको ज्ञान, अनुशासन र आत्मविश्वासकै कारण यो यात्रामा सहज भएको बताएकी छन् । रिजु अल्वानियामाहुने विश्व सुन्दरी प्रतियोगितामा नेपालको तर्फबाट सहभागिहुन जाँदैछिन् । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…