मोरङ । राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ प्रकाशित गरेको कक्षा १२ को नजितामा मोरङको पथरीशनिश्चरे स्थित सार्वजनिक विद्यालय पञ्चायत माविको नजिता आशा लाग्दो देखिएको छ ।
पञ्चायत मावि नेपाल सरकारबाट निर्वाचन छेत्र स्तरीय नमुना घोषित विद्यालय हो । विद्यालयबाट परीक्षा दिएका विज्ञान संकायबाट युगलकिशोर दाहालले ३.८८ र सिभिल इन्जिनियरिङका दिपेश नेपालले ३.७५ जीपीए ल्याएर उतिर्ण भएका छन् ।
पथरीशनिश्चरे नगरमा ६ वटा सामुदायिक (सरकारी) र ८ वटा संस्थागत (निजी) गरी १४ वटा विद्यालयबाट कक्षा १२ को परीक्षा दिएका थिए ।
पञ्चायतबाट साधारण धार ६४.५६ र प्राविधिक धारतर्फ ९५ प्रतिशत नजिता आएको विद्यालयका प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताउनुभयो । पञ्चायतको नजिता सामुदायिकतर्फ सबैभन्दा उच्च र संस्थागतसँग झण्डै हाराहारीमा आएको प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताउनुभयो ।
पथरीशनिश्चरे नगरमा उच्च जीपीए ल्याउनेमा रेडस्टारका चन्दन शाह र प्रविन कट्टेलले समान ३.९६ जीपीए ल्याएर कक्षा १२ उतिर्ण गरेका छन् । रेडस्टारले समग्रमा यो बर्ष नगरकै उच्च ९७.४ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको हो ।
त्यसैगरी संस्थागतफर्त मोरङ मेरिगोल्डले ९६.५५, न्यु प्यागोडाले ८६.६७, एभरेष्ट स्कुलले ८६.१७, अन्नपूर्णले ८०, बाल्मीकि मेमोरियलले ७१.१५, अरुणोदयबाट ६५ र भूपू सैनिक स्कुलबाट ५५.५६ प्रतिशत विद्यार्थी उतिर्ण भएको पथरीशनिश्चरे नगर शिक्षा विभाग प्रमुख नवीन खुलालले बताउनुभयो ।
सार्वजनिक विद्यालयतर्फ पञ्चायत पछि सिंहबाहिनीबाट ६३.१६ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । जनता माविबाट ४१.३, बुद्ध माविबाट ३८.६१, भागिरथ माविबाट ३०.३० र अमरसिंह माविबाट २४.२४ प्रतिशत विद्यार्थी उतिर्ण भएको नगर शिक्षा विमाग प्रमुख खुलालले जानकारी दिनुभयो ।
पथरीशनिश्चरेबाट २०८१ सालको परीक्षामा एक हजार ३२९ विद्यार्थीले परीक्षा दिएकोमा ९३४ जना उतिर्ण भएको खुलालले बताउनुभयो । यो उतिर्ण संख्या ७०.२९ प्रतिशत हो ।
नेपालमा यो बर्ष ६१.१७ प्रतिशत विद्यार्थी उतिर्ण भएकोमा पथरीशनिश्चरे नगरबाट ७० प्रतिशतभन्दा बढी आउनु शन्तोषजनक मान्नुपर्ने नगर शिक्षा विभाग प्रमुख खुलालको भनाइ छ ।