• मोरङ । राष्ट्रिय परीक्षा बोर्डद्वारा भर्खरै प्रकाशित कक्षा १२ को परीक्षामा बोर्ड टप गरेको दावि गर्दै मोरङको पथरीशनिश्चरे—२ स्थित रेडस्टार अंग्रेजी आवासीय माविद्वारा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । 
    प्रकाशित परीक्षामा रेडस्टारमा व्यवस्थापन समूहमा अध्ययनरत दुई विद्यार्थीले ३.९६ जीपीए प्राप्त गरेका थिए । यसरी उच्च जीपीए ल्याउने विद्यार्थीहरु चन्दन साह र प्रविण कट्टेलले समान ३.९६ जीपीए ल्याएर उतिर्ण भएका छन् । यसभन्दा बढी जीपीए कसैले नल्याएको भन्दै नेपाल टप भएको विद्यालयको दावी छ । 
    दुवै विद्यार्थीहरुलाई पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोको हातबाट नगद ५० हजारको दरले पुरस्कृत गरेका छन् । त्यसैगरी समान ३.९२ जीपीए ल्याएर उतिर्ण हुने विद्यार्थी मनिषा पोखरेल र प्रमिस रिजाललाई जनही २० हजारको दरले पुरस्कृत गरिएको रेडस्टार आवासीय माविका प्रिन्सिपल टीएन तिम्सिनाले बतउनुभयो । मानिषा र प्रमिसले ल्याएको जीपीए पनि पथरीशनिश्चरे नगरकै उच्च हो । 
    कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले विद्यालय र विद्यार्थीहरुको मेहनतले नगरकै गौरव बढाएको बताए । 
    परीक्षामा ३.९६ जीपीए ल्याउने विद्यार्थी चन्दन साहले यो सफलता आफ्नो मेहनत मात्र नभएर रेडस्टार विद्यालय, अभिभावक त्रिपक्षीय भूमिका रहेको बताए ।
    त्यसैगरी ३.९६ जीपीए ल्याउने विद्यार्थी प्रविण कट्टेलले रेडस्टार शैक्षिक हबको रुपमा स्थापित भएको भन्दै एउटा उदाहरण आफूनै भएको बताए । 

    २०८२ वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा रेडस्टारबाट २७० जना विद्यार्थी सहभागी भएकोमा ३.६० भन्दा माथि जीपीए ल्याउने २९ जना, ३.२० भन्दा बढी ल्याउने १२७ विद्यार्थी रहेका छन् । विद्यालयबाट ९७.०४ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए । उतिर्ण संख्या मोरङको पथरीशनिश्चरे नगरमा सबैभन्दा बढी प्रतिशत हो । 
    रेडस्टार स्कुलबाट गत साल एसइई परीक्षामा अजय लिम्बू र सतिष आचार्यले जीपीए—४ ल्याएका थिए । रेडस्टारसँगै रहेको ऋतम्भरा बहुमुखी क्याम्पसबाट बीबीएस परीक्षा दिएकी कृतिका भट्टराईले ७६.८० प्रतिशत अंक ल्याएर उतिर्ण भएका थिए । रेडस्टारमा हाल एक हजार छ सय विद्यार्थी अध्ययनरत छन् । 
     

सम्वन्धित समाचार

मोरङ । बिसे नगर्चीको कविता र कृति माथि चर्चा पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा शुक्रबार प…

मोरङ । किरात राई यायोक्खा केन्द्रीय समितिले वृक्ष रोपन तथा शुभकामना आदानप्रदान गरेर ३८ औं स्थापना दिवस मन…

मोरङ । किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले बिहिबार वृक्ष रोपन तथा शुभकामना आदानप्रदान गरेर…

मोरङ । मोरङको पथरीशनिश्चरे—४, किर्तिपुरमा रहेको अस्थायी प्रहरी चौकीलाई करिव ४५ लाख पर्ने ३ कट्ठा जग्…