• मोरङ । बिसे नगर्चीको कविता र कृति माथि चर्चा पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा शुक्रबार पथरी बहुमुखी क्याम्पसमा परिचर्चा भएको छ । 
    कवि श्रवण मुकारुङ को चर्चित कविता “ बिसे नगर्चीको बयान “ कविता माथि रहेर नगर्चीको बिषयमा परिचर्चा गरिएको थियोे । मुकारुङको उक्त कविता बि एड दोस्रो बर्षको नेपाली बिषयमा समाबेश गरिएको छ ।
     क्याम्पसको नेपाली बिभागको आयोजनामा भएको कार्यक्रममा प्रमुख वक्ता “ गुमनाम एक इतिहास बिसे नगर्चीका लेखक÷खोजकर्ता मोरङ पथरी शनिश्चरे १ निवासी दीपेन्द्रराज तिम्सिना रहनु भएको थियोे । लेखक तिम्सिनाले बिसेको जन्म स्थल गोरखा सम्म नै पुगेर गहिरो खोज, अनुसन्धान, अध्ययन गरेर कृति तयार गरेको पुर्व क्याम्पस प्रमुख चेतननाथ पौडेलले बताउनुभयो । लेखक तिम्सिनाले पृथ्वीनारायण शाहलाई पृथ्वीनारायण बनाउन बिसेको महत्त्वपूर्ण भुमिका रहेको बताउदै राज्य चलाउन सहि सल्लाहकार चाहिने बताउनुभयो । 
    राज्यले अझै पनि बिसेलाई हुलाक टिकटमा समेत नसकेकोमा राज्यको निकायमा झकझकाएको राष्ट्रिय दलित आयोगमा बिसेलाई राष्ट्रिय बिभुति घोषणा गर्न तथ्य सहित पेस गरेको बताउनुभयो । 
    क्याम्पसको नेपाली बिभाग प्रमुख सरिता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, प्राध्यापक संघको अध्यक्ष उपेन्द्र बस्नेत, प्राध्यापक संघकी सचिव लक्ष्मी ढुङगेल नेपाली बिषयका विद्यार्थीहरुको सहभागीता रहेको थियोे । बिद्यार्थी शिक्षक बिच अन्तक्र्रिया कार्यक्रम समेत भएको थियोे । बिसे नगर्चीको बिषयमा चिनारी प्रस्तुत गर्दै उठेका प्रश्नको जवाफ लेखक तिम्सिनाले दिनु भएको थियोे ।
     

सम्वन्धित समाचार

मोरङ । नेपालको ४२ औं प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइरहदा संविधानले चिने नचिनेको भन्दै बैधा…

मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नाग…

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…