सुनसरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिले मंगलबार धरानमा पहिचान पत्रकारिता पुरस्कार वितरण तथा बधाई शुभकामाना कार्यक्रमको आयोजना गरेर २६ औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा पहिचान र समावेशी राज्य ब्यवस्था सम्बन्धि कलम चलाउदै आएका झापा दमकका दिलकुमार लावती र भोजपुरकी सारदा तामाङलाई सम्मान पत्र, दोसल्ला र नगदले सम्मान गरिएको थियो ।
कार्यक्रममा धनकुटा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, फोजिन संघीय उपाध्यक्ष अर्जुन जम्नेली राई, आयोजक फोनिज प्रदेश समितिको अध्यक्ष बिजयबोध लावती लगायतको हातबाट सम्मान गरिएको थियो ।
२०८१ चैत्र अन्तिम साता लुम्बिनी प्रदेशमा भएको फोनिजको ८ औ महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित अर्जुन जम्नेली राई, प्रदेश इन्चार्ज राजेन्द्र राई (दुष्ट), सदस्य प्रदिप चौधरी, बिनु चेम्जोङ, लिम्बू पत्रकार संघको तर्फबाट केन्द्रीय समितिमा चयन भएका दिनेश सुब्बालाई बधाई तथा शुभकामना पत्र प्रदान गरिएको थियो ।
लुम्बिनी महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष अर्जुन जम्नेली राई, विश्वराज तामाङ, यमन दनुवार, सचिवमा माला पालुङ्वा, लेखा समिति संयोजकमा गजेन्द्र राई, प्रदेश इन्चार्जमा राजेन्द्र दुष्ट राई, सदस्यहरुमा अतित योङ्हाङ, भूमिका फियाक लिम्बू, बिनु चेम्जोङ र सुप्रिया राई निर्वाचित भएका थिए ।
फोनिज प्रदेश समितिले केन्द्रीय समितिमा निर्वाचित सम्पूर्ण पदाधिकारी सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम राखेको प्रदेश समिति उपाध्यक्ष अर्जुन कुलुङ राईले बताए ।
कार्यक्रममा सागुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, फोनिज संघीय उपाध्यक्ष अर्जुन जम्नेली राई, संघीय समितिको पूर्ब सल्लाहकार सञ्जय सन्तोषी राई, अग्रज पत्रकार हर्ष सुब्बा, कौशल चेम्जोङ, प्रेस सेन्टर प्रदेश समिति अध्यक्ष राजन राई, लिम्बू पत्रकार मञ्चको केन्द्रीय अध्यक्ष शन्देस सुब्बा, फोनिज प्रदेश इन्चार्ज राजेन्द्र राई, प्रदेश समितिका निवर्तमान अध्यक्ष सन्तवीर लामा, पूर्ब केन्द्रीय सदस्य सुजता लिम्बू लगायतले शुभकामना दिएका थिए । फोनिज प्रदेश सचिव दिलबहादुर राईले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सुप्रिया राईले स्वागत गर्नुभएको थियो ।
फोनिज संघीय समितिका निवर्तमान अध्यक्षसहित पाँचजना सम्मानित
संघीय समितिले स्थापना दिवसको अवसरमा राजधानी काठमाडौमा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा संघीय समितिका निवर्तमान अध्यक्ष गजुरधन राई, नि. बरिष्ठ उपाध्यक्ष अमरध्वज लामा, मच्छेदेवी गुरुङ, सविन प्रियसन, मुनेश लायो मगर, बन्दना दनुवार र राजवंशी भाषाको कोचिना सामाद भाषिक पत्रिकालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
कार्यक्रममा संघीय मन्त्रीहरु, राज्यमन्त्री, दुवै सदनका सांसदहरु, विभिन्न आयोगको प्रमुखहरु, उच्च पदस्त व्यक्तिहरु उपस्थिति रहेको फोनिज संघीय अध्यक्ष लक्की चौधरीले बताउनुभयो ।
प्रदेश नं. १ द्वारा आयोजित कार्यक्रम