• मोरङ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिले पास भएको शिक्षा सम्बन्धि विधेयकको विभिन्न बुँदाहरुप्रति असहमाति राख्दै आज संस्थागत (निजी) विद्यालयको संस्थाहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । 
    प्रतिनिधि सभाको शिक्षा समितिले बिहीबार पास गरेको विधेयकमा निजी विद्यालयले कम्तिमा १० प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने, निजी स्कुल गैरनाफामूलक उन्मुख हुनेलगायत उल्लेख छ ।
    विधेयकको उक्त बुँदा प्रति असमति राख्दै मोरङको पथरीशनिश्चरे नगर प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा नगर प्रमुख मोहन तुम्बापो र शिक्षा विभाग प्रमुख नवीन खुलाललाई भेटेर ज्ञापनपत्र बुझाउदै नगरको तर्फबाट आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेका छन् । 
    प्याब्सन नगर समिति अध्यक्ष शन्तोष बस्नेत र एनप्याब्सनका अध्यक्ष थिरप्रसाद आचार्यद्वारा हस्ताक्षरित विज्ञप्ति नगरलाई बुझाएका हुन् । विधेयकमा उल्लेख भएको गैर नाफामूलक भन्ने वाक्याशं, पूर्ण छात्रावृत्ति भन्ने शब्द हटाउनुपर्ने, हाल कायम रहेको शुल्क कायम रहनुपर्ने लगायत उल्लेख छ । 
    विज्ञप्तिमा राज्यले थेग्न नसकेको भार निजी विद्यालयहरुले धान्न नसक्ने भन्दै माग पुरा हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति बुझाउन नगरमा रहेका संस्थागत विद्यालय सञ्चालकहरुको उपस्थिति रहेको थियो । 
    ज्ञापनपत्र बुझ्दै नगर प्रमुख तुम्बापोले पथरीशनिश्चरे नगर, नगर महासंघ मार्फत पनि विधेयक सम्बन्धि प्राप्त सुझाहरुलाई माथिल्लो निकाय पु¥याउने बताउनुभयो ।
    प्याब्सन, एनप्याब्सनले बिहिबार ज्ञापनपत्र देशैभरको स्थानीय पालिका मार्फत बुझाउने कार्यक्रम रहेको बुझिएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…