• मोरङ । बालिका होटलमा ल्याएर यौन कार्य गरेको अभियोगमा ३५ बर्षिय देबजित दासलाई जबरजस्ति करणी मुद्धा दर्ता भएको छ ।
    भर्खरै इलाका प्रहरी कार्यालय पथरी सरुवा आएका डीएसपी तुलशीराम अर्यालले मोरङ पथरीशनिश्चरे स्थिति बिभिन्न होटलहरुमा एक साथ छापा मारेका थिए । पथरीशनिश्चरे १ र १० नम्बर वडामा भएका करिव १८ वटा होटल एण्ड लजमा साउन ३१ गते एकै समयमा छापा मारेका थिए । 
    शनिबारको दिन छापा मार्दा पक्राउ परेका मध्ये एक जोडिको बालिका १५ बर्षको मात्र भएको प्रमाणित भएपछि जबरजस्ति करणी मुद्धा दर्ता गरेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी अर्यालले बताए । 
    आफू इलाका प्रहरी कार्यालय पथरी आएपछि होटल सञ्चालकहरुलाई राज्यको नीति, नियम अनुसार बस्न आउने ग्राहकहरुको उमेर, नातासहित खुल्नेगरी परिचय पत्र राख्न भनेको डीएसपी तुलशीराम अर्यालले बताए । यसैबिच होटलहरुमा ‘कल ग्रल’ बोलाएर अबैध यौन कार्यहुने गरेको सूचना आएपछि १८ वटा होटल, एकै दिन, एउटै समयमा छापा मारिएको अर्यालले बताए । 
    पक्राउ परेका मध्ये उर्लाबारी मंगलबारेका देबजित दाससँग लजको रुममा पुरुषसँग भेटिएकी बालिका १५ बर्षको मात्र भएकोले कानुन बमोजिम जबरजस्ति करणी मुद्धा चलाइएको डीएसपी अर्यालले बताए । १८ बर्ष मुनिका बालिका सहमति मै यौन सम्पर्क राखेपनि जबरजस्त सहर मुद्धा लाग्ने कानुननी व्यवस्था छ । होटल मालिकलाई पनि आवश्यक पर्दा उपस्थिति हुनेगरी अनुसन्धानमा राखिएको प्रहरीले जनाएको छ । 
    डीएसपी अर्यालले आफू आएपछि होटलमा हुने अबैध कार्यहरु बारे सञ्चालकहरुलाई सुझाएर निगरानीमा राखिएको बताए । त्यसैगरी सुन व्यवसायीहरुलाई पनि बिल बिनाको सुन खरिद नगर्न र कोही बिल बिना बिक्री गर्न आएमा प्रहरीलाई सूचना दिन भनिएको बताए । 

    १६ जना लागू औषध मुद्धामा पक्राउ
    इलाका प्रहरी कार्यालय पथरीले पछिल्लो १५ दिनमा १६ जनालाई लागू औषध मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । 
    प्रहरी हिरासतमा हाल ३६ जना मध्ये एक महिलासहित १६ जना लागू औषध मुद्धाका २१ देखि ३६ बर्ष उमेर समूहका व्यक्तिहरु रहेको बताए । पक्राउ परेका मध्ये ४ जनालाई सुधार गृह र लहैलहैमा भर्खरै सम्पर्कमा गएका केहीलाई सम्झाएर घर पठाइएको प्रहरीले जनाएको छ । 

    सुन, चाँदी र मोबाइल चोरीको अभियोगमा पक्राउ
    मोरङ पथरीशनिश्चरे ४ स्थित मिनु बस्नेतको घरबाट सुन, चाँदी, मोबाइल र नगद चोरी गरेको अभियोगमा सुजन माझी लगायत दुई जना पक्राउ परेका छन् । 
    बुधबार माझी र दत्त गुप्ता पक्राउ परेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी तुलशीराम अर्यालले जानकारी दिए । पथरीशनिश्चरे ४ कि मिनु बस्नेतको घरबाट साउन २१ गते आधा तोला सुन, डेढ तोला चाँदीको गहना, ५० हजार नगद र मोबाइल चोरी भएको थियो । 
    चोरी भएको बिषय साउन २९ गते इलाका प्रहरी कार्यालय पथरीमा जानकारी आएपछि अनुसन्धान कार्यमा लागिएको डीएसपी अर्यालले बताए । चोरी भएको मोबाइल दत्त गुप्ताबाट फेला परेपछि गुप्ता र सुजन माझी पक्राउ परेको प्रहरीले जनाएको छ । गुप्ताले सुजन माझीबाट १५ सयमा मोबाइल किनेको बयान दिएपछि दुबैजनालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्वन्धित समाचार

मोरङ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिले पास भएको शिक्षा सम्बन्धि विधेयकको विभिन्न बुँ…

सुनसरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिले मंगलबार धरानमा पहिचान पत्रका…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को २६ औं स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति मोरङ…

मोरङ । बिसे नगर्चीको कविता र कृति माथि चर्चा पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा शुक्रबार प…