• मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्टराईलाई जिताउन अभियान सञ्चालन हुनेभएको छ ।
    मिस पथरी, मिस पूर्वाञ्चलहुँदै नेपालभरीको प्रतियोगितामा मिस ग्लोब जितेर रिजु भट्टराई अल्बानियामा हुने विश्व सुन्दरी प्रतियोगितामा जाँदैछिन् । 
    प्रतियोगिता भिड्ने अवसर पाएपनि प्लेन टिकेट, लजिङ, फुडिङ, वेरिङदेखि तालिम लगायतका सम्पूर्ण खर्च आफै बेहोर्नु पर्ने भट्टराई परिवारले जनाएको छ । 
    पथरी जेसीजकी अध्यक्ष निर्माला भट्टराई लगायतको पहलमा विश्व सुन्दरी प्रतियोगिता रिजुलाई जिताउन अभियान सञ्चालनहुने आज पत्रकार सम्मेलनगरी जानकारी दिएका हुन् । पथरी जेसीजका पूर्व अध्यक्ष राजकुमार विकको संयोजकत्वमा सहयोग समिति गठन भएको छ । समितिमा अभियान्ताहरु सुमन कुरुम्बाङ, सुबर्ण खत्रि, विशाल बर्देबा लगायत रहेका छन् । 
    विश्व सुन्दरी भिड्न परिवार एक्लै खर्च जुटाउन संभव नभएको कारण सहयोगमा जुट्नु परेको अभियानका संयोजक राजकुमार विकले बताए । एउटा युवा अगाडी बढिरहँदा सहयोग पु¥याउन जिम्मेवार समाजको कर्तब्य भएको पथरी जेसीजकी अध्यक्ष निर्मला भट्टराईले बताए । 
    सुन्दरी प्रतियोगिता समग्र क्षमताको साथै जीउने कला सम्बन्धी प्रतियोगिता भएको अभियान्ता सुमन कुरुम्बाङको भनाइछ । रिजुलाई विश्व सुन्दरी प्रतियोगिता जिताउन सहयोग गर्न अभियान समितिले सम्पूर्णलाई आव्हान गरेका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…