• पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम गरेको छ ।
    पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा रहेको एभरेष्ट स्कुल निजी तथा आवासीय विद्यालय अर्गानाईजेसन (प्याब्सन) नगर समितिले सोमबार आयोजना गरेको प्रतियोगितामा प्रथम भएको हो ।
    एभरेष्टको तर्फबाट दिक्षा मगर, दृष्टी न्यौपाने, सितल सेन्चुरी र निमिशा बस्नेतको टिम स्पेलिङ कन्टेष्ट (हिज्जे प्रतियोगिता)मा सहभागी भएका थिए ।
    प्रतियोगितामा पेगोडा मोडल दोस्रो, न्यू पेगोडा तेस्रो स्थान भएका छन् । त्यसैगरी रेडस्टार मावि, ग्रेटग्रेस बोर्डिङ स्कुल र केचना प्याराडाइज स्कुल सान्त्वना घोषित भएको प्याव्सन नगर अध्यक्ष सन्तोष बस्नेतले बताउनुभयो ।
    विजेता स्कुलहरुलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा पथरीशनिश्चरे नगरको २२ वटा संस्थागत विद्यालयहरु सहभागि भएको प्यब्सन गनर सचिव सुजन बास्तोलाले बताउनुभयो । विजेता ६ वटा स्कुलहरु विराटनगरमा हुने जिल्ला स्तरीय स्पेलिङ कन्टेष्टमा सहभागिता जनाउनेछन् । हिज्जे प्रतियोगिता पथरीको भूपू सैनिक बोर्डिङ स्कुलमा भएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…