• मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शान्ति सामुदायिक वन उपभोक्ता समूहको १७ औं साधारण सभा सुक्रबार समापन भएको छ ।
    समूहको अध्यक्ष कुलबहादुर गुरुङ (कुलमणी)ले पथरी बजारको जाँते मोडमा भएको फुटबल मैदानलाई रंगशाला बनाउने प्रस्ताव पारित भएको छ । रंगशाला निर्माणको प्रस्ताव पारित गर्दै समूहका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार केबी गुरुङको संयोजनकत्वमा साधारण सभाबाट समिति गठन भएको छ । 
    रंगशाला निर्माण समितिमा पूर्ब कार्याबाहक अध्यक्ष हेमभक्त तमु, सचिव अनिता थापा रहेको ३ सदस्यीय समिति गठन भएको समूहका अध्यक्ष कुलमणी गुरुङले बताए । 
    अध्यक्ष कुलमणी गुरुङद्वारा प्रस्तुत फुटबल रंगशाला निर्माण लगायतका २७ बुँदे प्रस्ताव पारित भएको छ । साधारण सभाको खुल्ला सत्रमा सचिव अनिता थापाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष रोमान्सि धिमालद्वारा प्रस्तुत आर्थिक र लेखा संयोजक राजेन्द्र भण्डारीले प्रतिवेदनहरु प्रस्तुत लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । 
    कार्यक्रममा उद्घाटन सभाको प्रमुख अतिथि पथरीशनिश्चरे १ नं. वडा अध्यक्ष भिमकुमार राईले शान्ति वन प्रगतिको बाटोमा अघि बढेको बताएका छन् । वडा अध्यक्ष राईले शान्ति वनद्वारा स्थापित पर्यटक क्षेत्रमा स्थानीय पर्यटकको घुइचो लाग्ने गरेको बताएका छन् । 
    कार्यक्रममा डिभिजन वन कार्यालय पथरीशनिश्चरेका सहायक प्रमुख कृष्ण चोङ्बाङ, निवर्तमान अध्यक्ष केवी गुरुङ, सामुदायिक वन उपभोक्ता महासंघ नगर सचिव हेमभक्त तमु, मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनेश राई लगायतले शुभकामना दिएका थिए । शान्ति वन समूहका उपाध्यक्ष नवराज मिश्रद्वारा स्वागति गरिएको कार्यक्रम सचिव अनिता थापाले सञ्चालन गरेका थिए । 


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…