• मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शान्ति सामुदायिक वन उपभोक्ता समूहको १७ औं साधारण सभा सुक्रबार समापन भएको छ ।
    समूहको अध्यक्ष कुलबहादुर गुरुङ (कुलमणी)ले पथरी बजारको जाँते मोडमा भएको फुटबल मैदानलाई रंगशाला बनाउने प्रस्ताव पारित भएको छ । रंगशाला निर्माणको प्रस्ताव पारित गर्दै समूहका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार केबी गुरुङको संयोजनकत्वमा साधारण सभाबाट समिति गठन भएको छ । 
    रंगशाला निर्माण समितिमा पूर्ब कार्याबाहक अध्यक्ष हेमभक्त तमु, सचिव अनिता थापा रहेको ३ सदस्यीय समिति गठन भएको समूहका अध्यक्ष कुलमणी गुरुङले बताए । 
    अध्यक्ष कुलमणी गुरुङद्वारा प्रस्तुत फुटबल रंगशाला निर्माण लगायतका २७ बुँदे प्रस्ताव पारित भएको छ । साधारण सभाको खुल्ला सत्रमा सचिव अनिता थापाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष रोमान्सि धिमालद्वारा प्रस्तुत आर्थिक र लेखा संयोजक राजेन्द्र भण्डारीले प्रतिवेदनहरु प्रस्तुत लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । 
    कार्यक्रममा उद्घाटन सभाको प्रमुख अतिथि पथरीशनिश्चरे १ नं. वडा अध्यक्ष भिमकुमार राईले शान्ति वन प्रगतिको बाटोमा अघि बढेको बताएका छन् । वडा अध्यक्ष राईले शान्ति वनद्वारा स्थापित पर्यटक क्षेत्रमा स्थानीय पर्यटकको घुइचो लाग्ने गरेको बताएका छन् । 
    कार्यक्रममा डिभिजन वन कार्यालय पथरीशनिश्चरेका सहायक प्रमुख कृष्ण चोङ्बाङ, निवर्तमान अध्यक्ष केवी गुरुङ, सामुदायिक वन उपभोक्ता महासंघ नगर सचिव हेमभक्त तमु, मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनेश राई लगायतले शुभकामना दिएका थिए । शान्ति वन समूहका उपाध्यक्ष नवराज मिश्रद्वारा स्वागति गरिएको कार्यक्रम सचिव अनिता थापाले सञ्चालन गरेका थिए । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…