• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वीमिङ पुलबाट करिव ४५ लाख रकम संकलन भएको छ । 
    कम्पनीको बिहिबार आयोजित चौथो साधारण सभाले नाफाको ५ प्रतिशत लाभाशं वितरण गर्ने निर्णयसँगै शेयरधनीहरुलाई वितरण सुरु गरिएको हरियाली वन लिमिटेडका प्रवन्ध निर्देशक रोहित बास्तोलाले बताए । 
    हरियाली सामुदायिक वन लिमिटेडमा ९२१ शेयर सदस्यहरु रहेका छन् । कम्पनीको अधिकृत पुँजी २० करोड, जारी पुँजी १ करोड ७० लाख र चुक्ता पुँजी ३ करोड ३० लाख ४३ हजार रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । 
    कम्पनीद्वारा सञ्चालित स्वीमिङ पुलबाट ४४ लाख ८७ हजार ९४४, हल मार्फत ८ लाख ९२ हजार १५० रुपैया र १८ हजार २५० गरी जम्मा ५३ लाख ९८ हजार ३४४ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । 
    प्रशासनिक लगायत खर्च २४ लाख २१ हजार ३८६, कर २ लाख ४८ हजार ७९२ लगायत घटाउदा आउने ३२ लाख ९५ हजार ६०८ रुपैयाँ नाफा भएको प्रतिवेदनमा उल्लेख छ । 
    कम्पनीका अध्यक्ष दिलबहादुर तामाङको सभापतित्वमा भएको साधारण सभामा प्रमुख अतिथिसमेत रहेका हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरलगायतले शुभकामना दिएका थिए । 
    साधारण सभाले जगेडा मौज्दात शेयर बिक्री गर्ने, कम्पनीलाई प्रारम्भीक सार्वजनिक प्रस्ताव (आईपीओ) शेयर खरिद विक्री प्रक्रिया अघि बढाउने र प्रस्तुत प्रतिवेदनहरु पारित गरिएको प्रबन्धक सञ्चालक रोहित बास्तोलाले बताए । 

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…