मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाको २३ औं चुनावी साधारणसभा शनिबार समापन भएको छ ।
साधारण सभाले दोर्णबहादुर खड्काको अध्यक्षतामा सर्वसहमत नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कुमारी शाही, सचिवमा प्रतिमान राई, सहसचिवमा बालकुमारी तामाङ, कोषाध्यक्षमा योगेन्द्र भण्डारी चयनहुनु भएको छ ।
सदस्यहरुमा रिना राई, पवित्रा चौलागाई, भीमप्रसाद भेटवाल, कृष्णप्रसाद निरौला चयनहुनु भएको हो । लेखा सुपरिवेक्षण समितिको संयोजकमा भोजराज चौहान, सदस्यमा रविनकुमार राई, मिना तामाङ चयनहुनु भएको निर्वाचन समिति संयोजक शरदचन्द्र दाहालले बताउनुभयो ।
संस्थाको २ कार्यकाल धनराज राई अमिर अध्यक्ष भएर नेतृत्व गर्नुभएको थियो । साधारण सभाको अवसरमा पूर्व सञ्चालक राजेन्द्रप्रसाद रिजाल, उत्कृष्ट कारोबार गर्ने राकेश राई, मुद्धमाया तामाङ, उत्कृष्ट ऋणिमा यमुना फुयल, लालहाङ लिम्बू र बाल बचतकर्ता अप्सन तामाङ सम्मानितहुनु भएको छ ।
पथरीशनिश्चरे—२ नं. वडा अध्यक्ष नैना राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, शेयर सदस्य रहनुभएका पूर्व वडा अध्यक्ष गोबिन्द भण्डारी, कपिलपणी ढकाल, लर्डबुद्ध साकोसको पूर्व अध्यक्षहरु हर्क राई, दिलबहादुर तामाङ, पूर्व सञ्चालक विन्दु राई लगायतको उपस्थित रहेको थियो ।
खुल्ला सत्रमा संस्थाका तर्फबाट तत्कालीन अध्यक्ष धनराज राई, सचिव महेन्द्र ढुङ्गाना, कोषाध्यक्ष दोर्णबहादुर खड्का, लेखा समिति संयोजक चन्द्र खनालले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
३ हाजर ६२४ शेयर सदस्य रहेको लर्डबुद्ध सहकारीको २ करोड ७६ लाख २२ हजार ५०० शेयर पुँजी रहेको छ ।
२७ करोड ५६ लाख २९ हजार ८०२ निक्षेप बचत रहेको लर्डबुद्ध सहकारीले एक बर्षमा २ करोड ७४ लाख ९२ हजार ३६४ रुपैयाँ आम्दानी गरेको लर्डबुद्ध साकोसको व्यवस्थापक गणेशकुमार राईले बताउनुभयो ।