• मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित सिरिजङ्गा धार्मिक वनको सभा हलमा बुधबार भक्तराज कन्दङ्वाको स्मृति सभा सभापन भएको छ । 
    किराती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त आयोजनामा स्मृति सभा समापन भएको हो । 
    भक्तराज कन्दङ्वा माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संस्थापक संयोजक हुन् । तत्कालीन जनयुद्धकै बेला भक्तराज कन्दङवाको नेतृत्वमा रहेको लिम्बुवान मोर्चा र तत्कालीन गोपाल खम्बू (किराती)ले स्थापना गरेको खम्बुवान राष्ट्रिय मुक्ति मोर्चावीच एकता गरेर किराती राष्ट्रिय मुक्ति मोर्चाको स्थापना भएको थियो । एकतापछि किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष भक्तराज र महासचिव गोपाल किराती भएकाहुनु भएको थियो ।  
    बुधबार पथरीशनिश्चरेमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका मोरङ जिल्ला अध्यक्ष समशेर लिम्बूको अध्यक्षता र किराती राष्ट्रिय मोर्चाका अध्यक्ष उमेश राईले कार्यक्रम सञ्चालन गरेका थिए । 
    कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य कुलप्रसाद लिम्बूको प्रमुख आतिथ्यतामा भएको थियो । लिम्बूले नेपालको पूर्व राष्ट्रपति विद्या भण्डारीलाई नेपाली कम्युनिष्ट पार्टीमा आए पुन राष्ट्रपति वा प्रधानमन्त्री बनाइने बताए । 
    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु हेम कार्की, लालबहादुर शुस्लिङ मगर, किराती राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष तिलकप्रसाद राई, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष प्रेम मिभक, तत्कालीन नेकपा (एस)का केन्द्रीय अनुशासन आयोगको केन्द्रीय सदस्य मानप्रसाद लिम्बू लगायतले भक्तराज कन्दङ्वाको योगदान बारे चर्चा गरेका थिए । 
    उक्त कार्यक्रम दुई मोर्चाको संयुक्त आयोजनामा काठमाडौं, झापा, सुनसरी, भोजपुर लगायतका स्थानमा भएको किराती मोर्चाको केन्द्रीय अध्यक्ष रामकुमार राई पासाङले बताए । दुई केन्द्रीय समितिको आयोजनामा काठमाडौंमा पूर्व सभामुख ओनसरी घर्ति मगरको प्रमुख आतिथ्यतामा पहिचान, संघीयता र समाजवाद सम्बन्धि अन्तरक्रिया गरिएको लिम्बुवान राष्ट्रिय मोर्चाका संघीय अध्यक्ष मुक्साम मेन्याङ्बोले बताउनुभयो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…