• मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा पथरीको एभरेष्ट बोर्डिङ स्कुल प्रथम भएको छ । 
    प्याब्सन नगर समितिद्वारा आयोजित ‘प्याब्सन स्पोट्स मिट—२०८२’ अन्तर्गत सुक्रबार र शनिबार भलिबल प्रतियोगिता भएको थियो । 
    भूपू सैनिक स्कुलको खेल मैदानमा शनिबार भएको छात्रतर्फको खेलमा रेडस्टार बोर्डिङ स्कुललाई पराजित गर्दै एभरेष्ट बोर्डिङ स्कुल प्रथम भएको हो । 
    एभरेष्टले रेडस्टारलाई २५—२१ र २५—७ को साझो सेटमा पराजित गर्दै भलिबलको पुरुषतर्फको प्याब्सन बर्ष बिजेता बनेको हो ।
    नगरमा रहेका १० वटा निजी विद्यालयहरु सहभागि भएको प्रतियोगितामा रेडस्टार बोर्डिङ स्कुल दोस्रोमा चित्त बुझाउनु प¥यो । 
    शनिबार नै भएको छात्रातर्फको फाइनल खेलमा पनि एभरेष्ट बोर्डिङ स्कुल प्रथम भए । छात्रातर्फको खेलमा पनि एभरेष्टले रेडस्टार बोर्डिङ स्कुललाई २५—२२ र २५—१९ को सोझो सेटमा पराजित गर्दै उपाधि बिजेता बनेको हो ।   
    छात्रातर्फ पनि ८ टिम सहभागी भएको खेलमा रेडस्टार बोर्डिङ स्कुल दोस्रो भए । 
    प्रतियोगितामा छात्रतर्फ बाल्मीकि, अन्नपूर्ण, न्यु प्यागोडा, भूपू सैनिक, बाल जागरण, अरुणोदय, केबी मेमोरियल, प्याराडाइजका खेलाडीहरु सहभागी रहेका थिए । 
    छात्रातर्फ भूपू सैनिक, अन्नपूर्ण, अरुणोदय, न्यु प्यागोडा, केबि मेमोरियल, बाल जागरणका विद्यार्थीहरु भलिबल खेलमा सहभागी रहेका थिए । 
    प्रतियोगिताका बिजेता र उपविजेता विद्यालयका खेलाडीहरुलाई मंसिर अन्तिममा हुने फुटबल खेलसँगै पुरस्कार प्रदान गरिने आयोजक प्याब्सन पथरीशनिश्चरे नगर समितिका अध्यक्ष शन्तोष बस्नेतले बताउनुभयो । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…