• मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेतावनी दिनुभएको छ  । 
    नेपाली कम्युनिष्ट पार्टीको शनिबार मोरङ पथरीशनिश्चरे नगरको एकता सन्देश सभामा बोल्दै पूर्व मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो । 
    राईले तत्कालीन कम्युनिष्ट नेता मदन भण्डारीद्वारा प्रस्तुत जवजमा सशस्त्र युद्धलाई रहरको बिषय नबनाइने तर समाजवादको बाटो अवरोध भएमा जस्तालाई तस्तै हतियार उठाउनु पर्ने प्रसंग उल्लेख भएको बताउनुभयो । 
    यद्यपि सडक र संसदमार्फत समाजवाद स्थापना नेपाली कम्युनिष्ट पार्टीको तत्कालीन कार्यनीति रहेको मुख्यमन्त्री राईको भनाइ थियो । 
    नेपालमा भ्रष्ट्राचार, विभेदको अन्त्य र सुशासनको लागि समाजवाद स्थापना गर्नैपर्ने बताउनुभायो । नेपाली राष्ट्रियता माथि खतरा र समाजवादी बाटो कसैबाट अवरुद्ध भए हतियार उठ्ने पूर्वमुख्यमन्त्री राईले बताउनु भएको हो । 
    कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व वन मन्त्री गणेश उप्रेति, नेकपाको केन्द्रीय आयोजक समिति सदस्य कुशल लिम्बू, विद्या चाम्लिङ राई, देउमान सङ्बाहाङ्फे,  गीता तिम्सिना, लालबहादुर सुश्लिङ मागर लगायतले शुभकामना दिनुभएको थियो । 

     

     

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…