• मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरेका छन् । 
    यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन् । 
    तीनै जना पार्टीको केन्द्रीय सदस्यहुन् । तीन जनाले आज (माघ ८) संयुक्त विज्ञप्ति जारी गर्दै उज्यालो नेपाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजिनाम दिएका हुन् । 
    कुलमान घिसिंङले पार्टी गठन गर्नु अघि डकेन्द्रसिंह थेगिम प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिको संयोजक थिए । गुरुङ र अमर इजम नागरिक उन्मुक्ति पार्टीमा थिए । 

    उज्यालो नेपाल र परिवर्तन पार्टीवीच एकतापछि डकेन्द्रसिंह थेगिमको नाम आदिबासी जनजाति क्लष्टरको तेस्रो नम्बरको समानुपातिक उमेद्वार थिए । 
    उज्यालो नेपाल पार्टी भित्र आन्तरिक लोकतन्त्र अत्यान्त कमजोर, विचार, विधि, प्रक्रिया अस्पष्ट, पहिचानसम्बन्धी एजेन्डा लिखित रुपमा नभएको उल्लेख विज्ञप्तिमा उल्लेख छ । 
    पार्टी परित्यागपछि आफूहरु स्वतन्त्र रहेर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने उल्लेख छ । डकेन्द्रसिंह थेगिम गत उपनिर्वाचनमा इलामबाट प्रत्यक्ष उमेद्वार उठ्दा झण्डै १२ हजार मत ल्याएका थिए । 
    उक्त निर्वाचनमा  धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्क साम्पाङ राईले पनि सघाएका थिए । यद्यपि उज्यालो पार्टी गठन गर्दा डकेन्द्रसिंह थेगिम सो पार्टीको केन्द्रीय सदस्य बनेपछि हर्क साम्पाङ राईले ब्याङ्यात्मक टिप्पनी गर्दै श्रम संस्कृति पार्टीमा आउन आग्रह गरेका थिए । 
    कुलमान घिसिङले पार्टी गठन गरेपछि रास्वपासँग एकतापछि विभाजनहुँदा केही नेताहरु रास्वपामै रहेर पहिलो धक्का पाएका थिए । पूर्वमा स्थापित ३ नेताले पार्टी परित्याग गर्दा कुलमान घिसिङ र सो पार्टीलाई अर्को धक्का लागेको छ । तीन नेताहरुसँगै प्रदेश सदस्यदेखि समर्थकहरुले समेत उज्यालो पार्टी नेपाल छाड्ने तयारी रहेको बताइएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…