• मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरेका छन् । 
    यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन् । 
    तीनै जना पार्टीको केन्द्रीय सदस्यहुन् । तीन जनाले आज (माघ ८) संयुक्त विज्ञप्ति जारी गर्दै उज्यालो नेपाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजिनाम दिएका हुन् । 
    कुलमान घिसिंङले पार्टी गठन गर्नु अघि डकेन्द्रसिंह थेगिम प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिको संयोजक थिए । गुरुङ र अमर इजम नागरिक उन्मुक्ति पार्टीमा थिए । 

    उज्यालो नेपाल र परिवर्तन पार्टीवीच एकतापछि डकेन्द्रसिंह थेगिमको नाम आदिबासी जनजाति क्लष्टरको तेस्रो नम्बरको समानुपातिक उमेद्वार थिए । 
    उज्यालो नेपाल पार्टी भित्र आन्तरिक लोकतन्त्र अत्यान्त कमजोर, विचार, विधि, प्रक्रिया अस्पष्ट, पहिचानसम्बन्धी एजेन्डा लिखित रुपमा नभएको उल्लेख विज्ञप्तिमा उल्लेख छ । 
    पार्टी परित्यागपछि आफूहरु स्वतन्त्र रहेर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने उल्लेख छ । डकेन्द्रसिंह थेगिम गत उपनिर्वाचनमा इलामबाट प्रत्यक्ष उमेद्वार उठ्दा झण्डै १२ हजार मत ल्याएका थिए । 
    उक्त निर्वाचनमा  धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्क साम्पाङ राईले पनि सघाएका थिए । यद्यपि उज्यालो पार्टी गठन गर्दा डकेन्द्रसिंह थेगिम सो पार्टीको केन्द्रीय सदस्य बनेपछि हर्क साम्पाङ राईले ब्याङ्यात्मक टिप्पनी गर्दै श्रम संस्कृति पार्टीमा आउन आग्रह गरेका थिए । 
    कुलमान घिसिङले पार्टी गठन गरेपछि रास्वपासँग एकतापछि विभाजनहुँदा केही नेताहरु रास्वपामै रहेर पहिलो धक्का पाएका थिए । पूर्वमा स्थापित ३ नेताले पार्टी परित्याग गर्दा कुलमान घिसिङ र सो पार्टीलाई अर्को धक्का लागेको छ । तीन नेताहरुसँगै प्रदेश सदस्यदेखि समर्थकहरुले समेत उज्यालो पार्टी नेपाल छाड्ने तयारी रहेको बताइएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…