मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’ को पदक तालिकामा रेडस्टार बोर्डिङ स्कुल अगाडि देखिएका छन् ।
हिजोदेखि पञ्चायत माविमा भइरहेको सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२ मा पथरीशनिश्चरेमा ५४ वटा स्वर्ण पदक मध्ये बुधबारसम्म ३५ वटाको खेल सकिएर १९ वटा बाँकी रहेको छ ।
जसमध्ये पथरीशनिश्चरे २ स्थित रेडस्टार बोर्डिङ स्कुलले ११ स्वर्णसहित १६ वटा जितेर पदक तालिको शीर्ष स्थानमा रहेको छ ।
आयोजक पञ्चायत मावि ५ स्वर्णसहित ९ वटा पदक जितेर दोस्रो, जनता मावि ४ स्वर्णसहित ७ वटा पदकजितेर तेस्रो, अरुणोदय बोर्डिङ स्कुल ४ स्वर्णसहित ६ वटा पदक जितेर चौथो, बुद्ध मावि २ स्वर्णसहित ९ पदक जितेर पाँचौ स्थानमा रहेका छन् ।
त्यसैगरी भागिरथ मावि २ स्वर्णसहित ७ वटा पदक जितेर पदक तालिकामा छैठौं, भूपूसैनिक बोर्डिङ स्कुल एक स्वर्णसहित ३ वटा पदक जितेर सातौ रहेका छन् ।
बाल नमुना विद्यामन्दिर बोर्डिङ स्कुल एक स्वर्णसहित ४, सिंहबाहिनी मावि एक स्वर्णसहित ४, मोरङ मेरिगोल्ड एक स्वर्णसहित ३, बाल्मीकि मेमेरियल बोर्डिङ स्कुल एक स्वर्णहित २ र चन्द्रकिरातेश्वर माविले हालसम्म एक स्वर्ण जितेको प्रतियोगिता आयोजना समिति सचिवालय सदस्य विवेक न्यौपानेले जानकारी दिनुभयो ।
पदक प्राप्त गर्ने १९ वटा विद्यालयमध्ये १२ वटाले स्वर्ण पदक जितेका छन भने बाँकी ७ वटाले रजत र काँस्य पदक जित्न सफल भएका छन् ।
यस पटक ५७ वटा विद्यालय सहभागी भएकोमा दुई दिनमा १९ वटाले पदक जितेपनि ३८ वटाले जित्न बाँकी रहेको छ ।
भलिबल छात्र, छात्रा दुवै एभरेष्ट र रेडस्टार फाइनल भिड्ने
जारी सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२ को भलिबलतर्फको खेलमा छात्र र छात्रा दुवैतर्फ एभरेष्ट बोर्डिङ स्कुल र रेडस्टार बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरेको हो ।
छात्रतर्फ आज भएको खेलमा पञ्चायत माविलाई पराजित गर्दै रेडस्टार बोर्डिङ स्कुल र जनता माविलाई पराजित गर्दै एभरेष्ट भलिबलको फाइनलमा प्रवेश गरेको हो ।
छात्रातर्फको भलिबल खेलमा जनता माविलाई पराजित गर्दै रेडस्टार र न्यु पेगोडा बोर्डिङ स्कुललाई पराजित गर्दै एभरेष्ट फाइनलमा प्रवेश गरेको भलिबल तर्फको खेल संयोजक नरेश राईले बताउनुभयो ।
सम्झना खेल जित्ने एभरेष्ट स्कुल र कराँते लगायत खेलाडीहरुलाई पुरस्कार वितरण
आधारभूत तहको सम्झना (मेमेरी) खेल प्रथमहुने एभरेष्ट बोर्डिङ स्कुलका नवीन पाण्डे, दोस्रो हुने वाल जागरण माविका अनुष्का चौधरी र तेस्रो हुने जनकल्याण आधारभूत विद्यालयकी भिस्मा राईलाई, कराते लगायतका विभिन्न खेलका विजेता खेलाडीहरुलाई १ नं. वडा अध्यक्ष भीककुमार राई, स्थानीय समाजसेवी तुलसी ढकाल, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी, बाल्मीकि मेमेरियल बोर्डिङ स्कुलका सञ्चालक नोवल किशोर खनाल, सुनाखरी माविको प्रधानाध्यक्षक भूमिकादेवी मगर लगायतको हातबाट मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
