• काठमाडौं।  राष्ट्रपतिको निर्वाचनका लागि अाज बुधबार उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म स‌ंसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ।

    तेस्रो कार्यकालका लागि हुन लागेको निर्वाचनमा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। एमाले स्थायी कमिटी बैठकबाट भण्डारीलाई दोहोर्‍याउने निर्णय गरेको हो।

    एमालेेले विद्यादेवी भण्डारीलाइ नै राष्ट्रपतिमा दाेहाेर्याउने भएपछि कांग्रेसले पनि उम्मेद्वारी दिने भएकाे छ। त्यसकालागि  कांग्रेसले बुधबार बिहान नौ बजे बस्ने केन्द्रीय समितिको बैठक बाेलाएकाे छ।

    स‌ंघीय संसदका संसद्का ३३४ मध्ये ३३१ ले मतदान गर्न पाउनेछन्। राष्ट्रियसभाका लागि राष्ट्रपतिबाट मनोनित तीन जना सदस्यलाई सर्वोच्च अदालतले शपथ गर्न रोक लगाएको कारण उनीहरूले मतदान गर्न पाउने छैनन्।  प्रदेशसभाका ५५० सदस्यमध्ये ५४९ जनाले मनदान गर्न पाउनेछन्। प्रहरीको फरारसूचीमा रहेका राजीव गुरुङले प्रदेशसभा सदस्यको शपथ नै लिएका छैनन्।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…