• काठमाडौं। एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै राष्ट्रपति उम्मेद्वार बनाउने निर्णयगरेपछि कांग्रेसले पनि राष्ट्रपतिमा उम्मेद्वारी दिने निर्णय गरेकाे छ। कांग्रेसले वर्तमान राष्ट्रपतिसमेत रहेकी भण्डारीको प्रतिश्पर्धीका रुपमा नेतृ लक्ष्मी राईलाई राष्ट्रपति उम्मेद्वार बनाउने निर्णय गरेकाे हाे।

    यसअघि कांग्रेसमा मानबहादुर विश्वकर्मालाई राष्ट्रपतिको उम्मेद्वार बनाउने चर्चा भएपनि एमालेले भण्डारीलाई नै निरन्तरता दिने भएपछि कांग्रेसले राईलाई उम्मेद्वार बनाउने निर्णय गरेकाे हाे। लक्ष्मी राई सहिद देवानसिंह राईकी छोरी हुन्। उनी भोजपुरकी हुन्। वर्तमान राष्ट्रपति भण्डारीको गृहजिल्ला पनि भोजपुर नै हो।

    राष्ट्रपति निर्वाचनमा पार्टीकातर्फबाट उम्मेद्वारी दिने विषयमा निर्णय गर्न बुधबार बसेकाे केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रपतिको उम्मेद्वारी दिने निर्णय लिएकाे केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    बैठकमा उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेसम्बन्धी एवं मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल भएकाे थियाे।

    नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ ।

    राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते तोकिएको छ । सो निर्वाचनका लागि आज फागुन २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । आफ्नो उमे्द्वारको जीत नहुने देख्दा देख्दै पनि काँग्रेसले राष्ट्रपतिमा भण्डारीलाई निर्विरोध हुन नदिने सन्दर्भमा मात्र उमेद्वारी दिन लागेको हाे।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…