• काठमाडौँ २३ फागुन । भावी राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचनको सम्पर्क कार्यालय रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउँदै हुनुहुन्छ ।

    राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले मध्याह्न १२ बजे राष्ट्रपति भण्डारी मनोनयन दर्ताका लागि नयाँ बानेश्वर जानुहुनेछ । सत्तारुढ नेकपा (एमाले) को गए राति सम्पन्न स्थायी कमिटीको बैठकले राष्ट्रपतिमा भण्डारीको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेको थियो । उहाँलाई वाम गठबन्धन समर्थन छ ।

    निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज अपराह्न ३ बजेसम्म मनोनयनका लागि समय तोकेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भने राष्ट्रपतिमा लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…