• शनिश्चरे/ मोरङको पथरीशनिश्चरेस्थित पथरी स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्दै त्यस क्षेत्रलाई एकीकृत नमूना वस्तीका रुपमा विकास गर्न नक्साङ्कन् थालिएको छ ।
    नगरको वडा नम्वर २ स्थित छयालिसविघेमा निर्माण सम्पन्न हुने क्रममा रहेको स्वास्थ्य चौकीको नयाँ भवन र त्यसैलाई कम्तिमा २५ शैयाको अस्पताल वनाउने प्रक्रिया अघि बढेको छ । त्यस अवस्थामा अस्पताल क्षेत्र वरीपरीको २० विगाहा ४ कठ्ठा साढे ८ धुर जग्गाको वस्तीलाई नमूना वस्ती वनाउने योजनामा नगरपालिका कार्यालयले नक्साङ्कन् थालेको हो ।

    नगर प्रमुख दीलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, पूर्व सांसद चण्डीप्रसाद राईको अगुवाईमा अस्पतालका जग्गादाता सामेल भएर मंगलवारबाट नक्साङ्कन्का क्रममा स्थलगत अवलोकन र नापजाँच थालिएको छ । नगरपालिकाका इन्जिनियर कृष्णप्रसाद कोइराला र अमिन सागर श्रेष्ठको टोलीले भवन उत्तरमा रहेको पूर्वपश्चिम बाटोको उत्तरपट्टिीको क्षेत्रको नापजाँच सकेको छ । सो पूर्वपश्चिम बाटोलाई ३० फिटको र अन्य भित्री बाटाहरु २० फुटको निर्माण गरिने गरी नापजाँच भएको छ ।

    स्थानीयले १० कठ्ठा जग्गा निशुल्क उपलब्ध गराएपछि स्वास्थ्य चौकी भवन निर्माण भएको छ । नगरपालिकाले सो क्षेत्रमा नमूना वस्ती निर्माणमा सघाउने वताएपछि अव अस्पतालका लागि थप साढे १३ कठ्ठा जग्गा समेत निशुल्क उपलब्ध गराउन स्थानीय तयार भएका छन् ।

    नमूना वस्तीका लागि ठाउँ ठाउँमा भित्री वाटाका लागि नापजाँच थालिएको अस्पताल निर्माण पहल अभियानका अगुवा एवम् जग्गा खोजविन समिति संयोजक वावुराम राईले वताए । हाल वनेको स्वास्थ्य चौकी भवनको पूर्वी छेउबाट दक्षिणमा ४ कठ्ठा २ धुर जग्गामा उत्तर दक्षिणको अस्पताल भवनको नक्सा तयार भएको नगरपालिका स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए । ‘यो क्षेत्रमा अस्पताल वन्ने भएपछि स्थानीयको मागलाई ध्यानमा राखेर एकीकृत नमूना शहर निर्माणका लागि आवश्यक भौतिक पूर्वाधार सहितको योजना वनाउँदै त्यसलाई मूर्त रुप दिन नगरपालिकाले सहयोग गर्दै जाने निर्णय भएको छ ।’– नगर प्रमुख राईले भने ।

    शहरीकरण भन्दा टाढा रहेको ग्रामिण वस्तीलाई व्यवस्थित गरिने भएपछि आफुहरु खुसी भएको जग्गादाता मध्येका नविन ढकालले वताए ।

    यस अघि स्वास्थ्य चौकी भवन निर्माणका लागि हालका जग्गा खोजविन समिति संयोजक राईले ३ कठ्ठा, सुनेहाङ सवेहाङले ३ कठ्ठा, घनश्याम गिरी, श्रीनारायण ढकाल, केशवप्रसाद दहाल र जद्धु शाहले १–१ कठ्ठा गरी १० कठ्ठा जग्गा स्वास्थ्य चौकीलाई रजिष्ट्रेशन गरिदिएका थिए । होमबहादुर गुरुङ, छविलाल अधिकारी, मानवहादुर थापामगर, यज्ञप्रसाद ढुंगेल र टेकबहादुर गुरुङले समेत १०–१० धुर जग्गा दिने सहमति जनाएका थिए ।

    त्यस यता ५० शैयाको अस्पताल नै बनाउने अभियान थालिएपछि संयोजक राईले २ कठ्ठा, केशव दहालले १ कठ्ठा, होमबहादुर गुरुङले १० धुर, श्रीनारायण ढकालले १० धुर जग्गा थप गर्ने सहमति गरेका छन् । उनीहरुका साथै टंक गिरी र लालबहादुर राईले १५–१५ धुर, डेगेन्द्र राई, सन्तोष ढुंगेल, खड्गमाया लिम्बूले १०–१० धुर, जंगीप्रसाद राईले ६ धुर, मानबहादुर थापा, छविलाल अधिकारी र मोहन खत्रीले ५–५ धुर जग्गा दिने कवुलियत गरिसकेका छन् । माधव कोइराला, जद्धु शाह, खगेन्द्र थापा, मनोज भट्टराई, केर्खाली कान्छा सहितसँग थप जग्गा मागको निर्णय भएको छ ।

    पथरी चोकबाट २ किलोमिटर दक्षिणमा स्वास्थ्य मन्त्रालयको वजेटमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत एमके कन्ट्क्सनले १ करोड १४ लाखमा २ तले भवन निर्माणको ठेक्का लिएको थियो । ०६६ माघ ८ गते व्यवस्थापन समितिले बोलाएको दलका प्रतिनिधि सहितको भेलाले तात्कालिन पञ्चायत उच्चमाविका प्राचार्य चण्डीप्रसाद राईको संयोजकत्वमा जग्गा व्यवस्थापन तथा भवन रेखदेख समिति निर्माण गरेको थियो ।

    सोही क्रममा ०६७ जेठ १९ गते भवनको शिलान्यास भएको थियो । शान्त ग्रामिण क्षेत्रको शाखा बाटोमा जोडिएको जग्गामा भनव बन्न थालेपछि स्थानीयले त्यस बाटोको नाम ‘अस्पताल मार्ग’ बनाए । १४ महिनामा निर्माण सक्ने ठेक्का सम्झौता भएको भएपनि ठेकेदारको लापरवाहीका कारण लामो समयसम्म भवन निर्माण हुन सकेन । त्यस अवस्थामा जग्गादाताले जग्गा समेत फिर्ता माग्न थालेका थिए । वारम्बारको ताकेतापछि सो भवन यसबेलामात्र सम्पन्न भएको भएपनि हस्तान्तरण हुन वाँकी छ ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…