काठमाडौं, २३ फागुन । संसदको सपथ नखाई प्रधानमन्त्रीको सपथ गर्ने संविधानमा कुनै व्यवस्था छैन । देउवाले राजीनामा दिनासाथ राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्ती गरिन् र ओलीको सपथग्रहण पनि गराइन् ।
यही आधारमा अधिवक्ता यज्ञमणि न्यौपानेले आज बुधवार सर्वोच्च अदालतमा केपी ओलीले पुनः सपथग्रहण नगरेसम्म बैधानिक प्रधानमन्त्री हुन सक्दैनन् भनेर मुद्दा हालेका हुन् ।
यो मुद्दाको पेशी पर्सी शुक्रवार तोकिएको छ, अदालतले कस्तो फैसला गर्ला ? त्यो कानुनविदहरुकै वीच विशेष चर्चा चलिरहेको छ ।
पहिले उपराष्ट्रपति परमानन्द झाले गलत तरिकाले सपथ खाँदा उनले दोहो¥याएर सपथ खाएरमात्र पद बहाली गरेको नजीर छ ।
त्यही नजीरमा ओली पनि परे भने यसमा नैतिक दायित्व राष्ट्रपति विद्या भण्डारीमा समेत पर्नेछ, जसले ठूलै अर्थ राख्ने कानुनविदहरु बताउँछन् ।