•  २०७४ फागुन २४ बिहीवार

    बैतडी : महाकाली नदी किनारका बासिन्दा अझै पनि ट्युबकै भरमा नदी तर्न बाध्य छन् ।

    महाकालीमा झोलुंगे पुलसमेत नहुँदा दशरथचन्द नगरपालिकाको सेरा   तिरखडेनी  सिम्तडीलगायत क्षेत्रका बासिन्दा ट्युबबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

    ‘दैनिक उपभोग्य सामग्री र औषधिका लागि भारतीय बजारकै भर छ   दशरथचन्द नगरपालिका–६ का दानसिंह कार्कीले भने  महाकाली नदीमा पुल छै  जसकारण वर्षौंदेखि ट्युबमै आवतजावत गर्न बाध्य छौं ।

    महाकालीमा ट्युब पल्टिँदा सर्वसाधारणको ज्यानसमेत जाने गरेको छ । महाकाली वारपार गर्ने अरू विकल्प नहुँदा ट्युबकै भर पर्नुपरेको दशरथचन्द ६  सेराकी तारा कार्कीले गुनासो गरिन् ।

    पारिपट्टि आफन्त पनि छन् । भेटघाटदेखि अन्य कामका लागि भारतीय बजारको भर पर्नुको विकल्प नरहेको उनले बताइन् ।

    सेरामा नेपालका तर्फबाट अहिले कच्ची सडक पुगेको छ । यहाँबाट सीमावर्ती बजार झुलाघाट पैदल हिँड्दा दुई घण्टा लाग्छ । ‘बर्खामा झुलाघाट जाने बाटोमा माथिबाट ढुंगा खस्छ  स्थानीय तिलकराम टमाटाले भने, ‘ट्युबबाट तर्न सकियो भने गाडीमा जान पाइन्छ ।

    कोही बिरामी भएको बेला सीमावर्ती भारतीय अस्पताल लैजान पनि ट्युबकै भरमा छौं ।’

    त्यही ट्युबमा प्रयोगमा पनि भारतीय सुरक्षाकर्मीले रोक लगाएको उनले बताए । भारतीय सुरक्षाकर्मीले ट्युब काटिदिने गरेको उनको भनाइ छ । महाकालीमाथि झोलुंगे पुल बनाउने धेरै पहिलादेखि कुरा चलेको हो ।

    यद्यपि, दुई देशको सीमा नदी भएकाले कुन ठाउँमा कसरी बनाउने भन्ने विषयमा केही छलफल हुन सकेको छैन । पुल नहुँदा सीमाक्षेत्रका नेपालीलाई ज्यादै सकस छ ।

    ‘खाद्यान्नलगायत सामग्री खरिदका लागि भारतीय बजार नजिक पर्छ । त्यसका लागि ट्युबमै जोखिमपूर्ण यात्रा गर्नुपर्छ’, दशरथचन्द नगरपालिका–१० तीरखडेनीका रामसिंह बुडालले भने, ‘नेपालकै पुछारमा बैतडी छ । बैतडीको पुछारमा हामी छौं । हामीलाई सरकारले हेरेन ।’

    नेपालतिरबाट तिरखडेनीमा अहिले कच्ची सडक पुगेको छ । त्यो पनि बर्खामा बन्द हुन्छ । यस्तो अवस्थामा भारतकै भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय जयन्ती बुडालले गुनासो गरिन् । ‘सीमाक्षेत्रका हामी बासिन्दाले ट्युबकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘विकल्पमा पुल बनिदिए सर्वसाधारणलाई राहत हुने थियो ।’

    ट्युबबाट निकै जोखिम भए पनि नदी वारपार गर्न त्यसकै सहारा लिनुपर्ने बाध्यता रहेको तटीय क्षेत्रका बासिन्दाको भनाइ छ ।

    ट्युबबाट यात्रा गर्दा कतिखेर पल्टिने हो भन्ने डर हामीलाई लाग्छ’, तिरखडेनीकै हरिना पन्तले भनिन्, ‘डर लागेर मात्र के गर्नु ? विकल्प पनि त छैन ।’ आफूहरूको समस्या समाधानका लागि सरकारले यथाशीघ्र कदम चाल्नुपर्ने उनले बताइन् ।

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…