•  २०७४ फागुन २४ बिहीवार

    काठमाडौं : नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाले एमालेसँग एकता गर्दा दलितलाई पनि नेतृत्व तहमा पुर्‍याउनुपर्ने माग गरेको छ।

    मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै हरेक राजनीतिक परिवर्तनमा दलितले पनि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै नेतृत्व तहमा अवसर दिनुपर्ने माग गरेको हो।

    मोर्चाका संयोजक तिलक परियारले शताब्दीयौँदेखि छुवाछुत तथा सामाजिक विभेदका कारण राजनीतिक, आर्थिक तथा शैक्षिक हिसाबले पछाडि पारिएकाले नेतृत्व तहमा ल्याइनुपर्ने बताए।

    उनले भने, ‘दलितको नेतृत्व विकास गर्न कम्तीमा एक तह बढाउने विशेष विधिको विकास र लामो समयदेखि दुवै पार्टीमा त्याग गरेका अगुवा दलित नेतालाई नेतृत्व तहमा पु¥याउनुपर्छ भन्ने हाम्रो माग हो।’

    यस्तै, वामपन्थी दल दुई तिहाई नजिक भएको अवस्थामा सबै राजनीतिक नियुक्ति र मधेस आयोग, सामाजिक समावेशी आयोग, महिला आयोग, दलित आयोग तथा संवैधानिक आयोगहरूमा मधेसी, पहाडी र नेवा दलितको समानुपातिक सहभागिता गराइनुपर्ने मोर्चाको माग छ। जातीय छुवाछुत अन्त्य तथा दलित अधिकारको प्रवर्द्धनसम्बन्धी कार्यविधिलाई क्रियाशील बनाउनुपर्ने मोर्चाको माग रहेको छ।

    छुवाछुत अन्त्य गर्न केन्द्रदेखि गाउँसम्म जनचेतनामूलक अभियान चलाउनुपर्ने माग गर्दै अध्यक्ष प्रचण्डलाई ध्यानकर्षण गराइएको संयोजक परियारले बताए।

    दलित समुदायलाई राजनीतिक, आर्थिक हिसाबले उत्थान गर्न योजनासहति अघि बढ्नुको विकल्प नरहेको परियारको भनाइ छ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…