• २०७४ फागुन २५ शुक्रवार


    काठमाडौं : नेपाली सेना नेतृत्वको हेलचेक्र्याइँ र संयुक्त राष्ट्रसंघसँग कमजोर समन्वयका कारण शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएकामध्ये १ सय ५० जना नेपाली शान्ति सैनिक १० महिनाअघि नै स्वदेश फिर्ता भएका छन् ।

    सैनिक मुख्यालयले म्यान्डेटविपरीत आवश्यकताभन्दा बढी सैनिक पठाएपछि राष्ट्रसंघले नेपाली शान्ति सैनिक फिर्ता पठाएको हो । उनीहरू एक वर्षका लागि असार अन्तिम साता शान्ति सैनिकका रूपमा कंगो गएका थिए ।

    सैनिक नेतृत्वले आवश्यकताभन्दा बढी संख्यामा शान्ति सैनिक पठाएपछि संयुक्त राष्ट्रसंघले १ सय ५० जना नेपाली सैनिक फिर्ता पठाएको सैनिक स्रोतले बताएको छ ।

    उनीहरू बिहीबार राति १० बजे काठमाडौं फर्किएका हुन् । कंगोमा अब ७ सय नेपाली शान्ति सैनिक कार्यरत छन् ।

    जंगी अड्डाका एक सैनिक अधिकारीले भने, ‘संख्या कटौती हुने पहिल्यै थाहा पाएर पनि संख्या बढाएर पठाउनु गैरजिम्मेवारीपन थियो ।

    मिलाउन सकिन्छ कि भनेर मुख्यालयले जबरजस्ती पठायो तर समन्वय गर्न नसक्दा मिसनबाट फर्कनुपर्‍यो ।’

    यूएन म्यान्डेटविपरीत बढी संख्यामा पठाएकाले नेपाली सैनिकलाई फिर्ता पठाएको कंगोबाट फर्केका एक सैनिक अधिकारीले भने ।

    ‘सैनिक मुख्यालयले गम्भीर हेलचेक्र्याइँ गरेको छ’, उनले भने, ‘मुख्यालयलाई पहिल्यै थाहा भएर पनि आवश्यकताभन्दा बढी संख्यामा पठायो । बढी संख्यामा पठाउनु र फर्काइनुको चित्तबुझ्दो जवाफ मुख्यालयले दिएको छैन ।

    बीचैमा फर्कनुपर्दा नरमाइलो र अपमानित महसुस भएको छ ।’ फर्काइएका १ सय ५० जना सबैलाई मुख्यालयले माघभित्र सुडान, मालीलगायत देशमा पठाइसक्ने आश्वासन दिएको स्रोतले बताएको छ ।

    उनीहरूलाई अन्य देश पठाउन राष्ट्रसंघसँग परामर्श गर्दै छौं ।

     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरीमा देशभरबाट तेक्वण्दो खेलाडीहरु खेल प्रतिष्पर्धाको लागि आउने भएका हुन्  नेपा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…