• २०७४ फागुन २७ आइतवार

    बलिउड सुपरस्टार सलमान खानलाई काठमाडौंको खुलामञ्चमा ल्याएर करोडौं रुपैयाँ असुल गर्ने प्रपञ्चलाई रोकिदिएको भन्दै सर्वसाधारणबाट हाइ हाइ पाएको विप्लव नेतृत्वको माओवादीले उक्त कार्यक्रम गर्न दिने भएको छ ।

    यही फागुन २६ गतेका लागि तय गरिएको सलमान खानको “दबङ ड टुर” कार्यक्रम विप्लव माओवादीको चेतावनीका कारण सलमान खानकै तर्फबाट रद्द गरिएको थियो ।

    सर्वसाधारणलाई टिकट बेचेर करोडौं उठाएको मात्रै होइन ओडिसी इन्टरटेनमेन्ट नामक नेपाली आयोजक संस्थाले सलमान खानलाई पेश्की स्वरुप ५ करोड रुपैयाँ समेत पठाईसकेको थियो । सर्वसाधारणले दिन प्रतिदिन रकम फिर्ता गर्न दबाव दिन थालेपछि आयोजकले नयाँ जुक्ति निकालेको बुझिएको छ ।

    आयोजकले विप्लव समूहलाई विश्वासमा लिएर कार्यक्रम गर्ने तयारी गरिरहेको छ । नेपाली सेनाका पूर्व जर्नेल गोविन्द गुरुङका छोरा सिमान्त गुरुङको ओडिसी इन्टरटेनमेन्टले विप्लव समूहलाई उठेको रकमको आधा दिने प्रस्ताव पठाएको बुझिएको छ ।

    सलमान खानलगायतलाई नेपाल ल्याएर कार्यक्रम गर्दा नेट फाइदा दश करोड बढी हुने र त्यसको आधा रकम विप्लव समूहलाई दिने लोभ देखाएको बुझिएको छ । आगामी बैशाखमा कार्यक्रम गर्न दिन विप्लव समूह लगभग तयार भएको सूचना आयोजकले टिकट लिईसकेकाहरुलाई दिने गरेको पाइएको छ । नेपालीपत्र साप्ताहिकबाट ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…