• काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बङ्गला विमान दुर्घटनामा भएको क्षतिप्रति दुःख ब्यक्त गरेका छन् ।

    पूर्वराजाले प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने क्षमता बढोस् भनी कामना गरेका छन् ।

    पूर्वराजाले विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

    बंगलादेशबाट आएको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ भने २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    पूर्वराजा भने अहिले पूर्व भ्रमणका क्रममा झापामा छन् ।

    मंगलबार दिउँसो उनी सुनसरीको रामधुनीमा दर्शन गर्न निस्कने छन् ।

    पूर्वराजाले दिउँसो ३ बजे भगवानले रामले धुनी जगाएको स्थलमा दर्शन गर्ने उनको संवाद सचिवालयले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…