• काठमाडौं, २९ फागुन । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली साउनमै अवकाश भइसकेको कुरा उठाएर उनकै बेञ्चका अर्का न्यायाधीशले बेन्च बहिष्कार गरेपछि प्रधानन्याायधीश छाङाबाट खसेजस्तो भएका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको पद धरापमा पुगेको छ ।

    न्यायाधीश दुई खेमामा बिभाजित भएका छन् । एक न्यायाधीशका अनुसार उस्तै प¥यो भने गोपालप्रसाद पराजुली एक्लै पर्ने स्थिति आउनसक्ने समेत बताए ।

    सोमवार, मुद्दा थियो, कान्तिपुर पत्रिकाको अवहेलना मुद्दा । सोमवारको पेशीमा न्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित प्रधानन्यायाधीशको पूर्ण इजलास मान्याय सम्पादन गर्न बस्दिन भनेर बहिष्कार गरेपछि सर्वोच्च अदालतमा पहिरो गएको छ ।

    न्यायाधीश चोलेन्द्र शमशेरले अवकाश भइसकेका प्रधानन्यायाधीशसँग बेञ्चमा बस्दिन भनेर बहिष्कार गरेपछि न्यायाधीश चोलेन्द्र शमशेरमाथि कान्तिपुरको पक्ष लिएको आरोपमा वक्तव्य वाजीसमेत भएका छन् ।

    नेपालमा पहिलोपल्ट प्रधानन्यायाधीश र न्यायाधीशबीच गहन विवाद सुरु भएको छ । यो विवादले प्रधानन्यायाधीश र भावी प्रधानन्यायाधीश बन्ने सूचीका व्यक्तिका बीच यसरी कानुनी लडाइ सुरु भएको छ ।

    पूर्ण इजलासमा पराजुली, राणासँगै इजलासमा ओमप्रकाश मिश्र, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए ।

    सर्वोच्च अदालतको अवहेलनामा डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्धको मुद्दा गोपाल पराजुलीले आफूसहितको पूर्ण इजलासमा राखेका थिए । राणाले कान्तिपुर र केसीको मात्र होइन अबदेखि पराजुलीसँग बेन्चमा नबस्नेसमेत घोषणा गरेका छन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…