• २०७४ फागुन २९ मंगलवार

    काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता तथा कार्यकर्ताको घरमा खानतलासी गर्न पुलिस प्रशासन लगाएको भन्दै विरोध गरेको छ ।

    नेकपाको पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले भने, ‘सामाजिक रुपले बहिस्कृत कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरी माथि जनताले गरेको कार्वाही को बिषयलाई लिएर सरकाले हामीमाथि रिस साँधेको छ ।’

    उनले वर्तमान सरकारलाई दलालको संज्ञा दिए । उनले भने, ‘कैलाली जिल्ला सचिव गणेश ढकाल लगाएतका जिल्ला नेताहरुको घर खान तलासी गर्ने तथा जिल्ला नेताहरु कमल क्षेत्री, हृदय बोगटी, भरत शाह र पुरन खनाललाई रातिको समयमा घरमै सुतिरहेको अबस्थामा पक्राउ गर्ने कार्य भएको छ ।

    नेता कार्यकर्ताको घर–घरमा गएर आतंकित पार्ने गरेको घटनाप्रति आफुहरुको ध्यानाकर्षण भएको उनले बताए ।

    मेयर चौधरीले चुनावमा खर्च गरेको ६० लाख असुल गर्ने भन्दै नगरपालिकाको बजेटमा अनियमितता गर्ने, नगरपालिकाको योजना र ठेक्कापट्टाहरुमा आफ्ना नातागोता भर्ति गर्ने, नगरपालिका को गाडी र पेट्रोलमा अनियमितता गर्ने, कसैले बिरोध गरेमा सत्ता र शक्तिको धम्की दिने, कथित बोक्सी घटनाका अभियोगी राम बहादुर र पार्वती चौधरीलाई छुटाउन सुख्खड ईप्रकाका सई दिनेश बिष्टलाई बाध्य पारी निलम्बन गर्न लगाएको आरोप नेता पुनले लगाएका छन् ।

    उनले सरकारको दमन र धरपकड नरोकिए त्यसको प्रतिरोध गर्न बाध्य हुने पनि बताएका छन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…