•   २०७४ फागुन ३० बुधवार  


    काठमाडौ ।पार्टी सम्बद्ध किराती मोर्चाहरूले एमाले र माओवादी केन्द्रलाई १ नम्बर प्रदेशको नाम किरात राख्न संयुक्त रूपमा आधारपत्र बुझाएको छ ।
    माओवादी केन्द्र सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चा र एमाले निकट नेपाल लोकतान्त्रिक किरात राई संघले आज पर्यटनबोर्डको हल भृकुटिमण्डपमा संयुक्त कार्यक्रमको आयोजना गरी आधारपत्र बुझाएको हो ।आधारपत्र बुझ्दै पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेशको नाम भूगोल, त्यहाँ बासोबास गर्ने जनताको भागना, इतिहास र सभ्यताको आधारमा नाम राख्न माथिबाट समन्वय गर्ने बताए । प्रदेशको राजनीतिक त्याग, जातीय बासोबास, क्रियाकलाप, विकास क्रम, संस्कृति, परम्परा, अहिलेको जनभावना बुझेर नाम राख्न प्रदेश सरकार र सरकारलाई निर्देशन गरे ।

    कार्यक्रममा संविधानसभाका पूर्व सभामुख सुभावचन्द्र नेम्वाङले जनभावनालाई बुझेर नाम राख्न एमाले भूमिका खेल्ने बताए । कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिलामन्त्री टंक आङ्बो, उपसभामुख सरस्वती पोख्रेल, पूर्व सञ्चारमन्त्री राम कार्की लगायत १ नम्बर प्रदेशका प्रदेश, राष्ट्रिय तथा संघीय सभाका ८० जनाभन्दा बढी सहभागि रहेका थिए । दुई संगठनले वाम गठबन्धनबाट १ नम्बर प्रदेशबाट विजेता प्रतिनिधि, राष्ट्रि र प्रदेश सभाका सदस्यहरुलाई सम्मान तथा बधाई शुभकामनाको साथै किरात नामकरणको लागि आधारपत्र प्रदान गरेका थिए ।

    सांसदहरूलाई सम्मानपत्र, फेटा र माला लगाएर बधाई शुभकामना दिएका थिए । कार्यक्रम किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष राजन किरातीको सभापतित्व र नेपाल लोकतान्त्रिक किरात राई संघका अध्यक्ष दिवस राईले सञ्चालन गरेका थिए । दुई मोर्चाको किरात नामकरण गर्न पार्टीलाई आधारपत्र प्रदान पार्टी सम्बद्ध मोर्चाहरुले प्रदेशको इतिहास, भूगोल, सभ्यता र त्यहाको सामुदायिक भावनालाई बुझेर किरात नाम राख्न एमाले र माओवादी केन्द्रलाई आधारपत्र बुझाएको हो ।

    आधारपत्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेको पूर्व संसदीय दलका नेता शुबासचन्द्र नेम्बाङलाई बुझाएको हो । किरात प्रदेश नाम राखिए राष्ट्रियता बलियो हुने र भावनात्मक सम्बधन थप बमजुदहुने आधारपत्रमा उल्लेख छ । आधारपत्र नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, प्रदेशको ९३ सांसदलाई बुझाउने कार्यक्रम रहेको किराती राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अर्जुन किरातीले बताए ।

     

     






































सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…