• काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डाक्टर बाबुराम भट्टराईलाई गल्ती सच्याउँदै पार्टीमा फर्कन आग्रह गरेका छन्। बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टीका १९ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउदै अध्यक्ष दाहालले भट्टराईलाई गल्ती सच्याएर पार्टीमा फर्कन आग्रह गरेका हुन्।

    भट्टराईलाई पटक पटक  आफ्नो पार्टीमा जोडिन आउनुपर्छ भन्दै आएको उल्लेख गर्दै दाहालले आफ्नो आग्रहलाई नमानेर भट्टराईले धेरै ठूलो गल्ती गरेको दाबी गरे। फेरि पनि गल्ती सच्याउँदै पार्टीमा नफर्के स्वर्गमा पनि भट्टराईले बास नपाउने टिप्पणी दाहालले गरे।

    उनले भने, ‘हाम्रो त भनाइ बाबुरामजीहरु समेत यही जोडिन आइपुग्नु पर्छ भन्ने हो। नत्र कुनै भविष्य छैन। मैले त उतिबेलै भनेको हो बाबुरामजीलाई । गल्ती गर्नुभएको छ तपाइँले। ब्लन्डर गर्नुभएको छ । धेरै ठूलो भुल गर्नुभएको छ। यसको पश्चाताप गरेर फर्कनुपर्ने हुन्छ उहाँले। अनि मात्रै उहाँ माथि जाने बेलामा आनन्दसँग जान पाइन्छ । नत्र पोलेको पोल्यै हुन्छ। दुख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ हाम्लाई।’

    अध्यक्ष दाहालले विगतमा माओवादी, कम्युनिष्ट आन्दोलन र क्रान्तिका लागि काम गरेकाहरु एउटै केन्द्रमा आउनुको विकल्प नभएको उल्लेख गर्दै फुटेर गएको विप्लव समूहलाई पनि पार्टीमा फर्कन आह्वान गरे। जनताको आर्थिक विकास र सम्वृद्धिको चाहना सम्बोधन गर्नका लागि बलियो केन्द्र आवश्यक रहेकाले वामगठबन्धनको पक्षमा आफू उभिएको उल्लेख गर्दै उनले  पार्टी एकतापछि मुलुकमा विकास र सम्वृद्धिको अभियान चाल्न सजिलो हुने बताए।

    गोर्खामा नयाँ शक्ति पार्टीका तर्फबाट विभिन्न भूमिकामा रहेर काम गर्दै आएका कार्यकर्ता पार्टी प्रवेश हुनुलाई पुर्नमिलनको संज्ञा दिँदै अध्यक्ष दाहालले यसपछि गोरखा फेरि पनि कम्युनिष्ट किल्लाकै रुपमा कायम रहने विश्वास व्यक्त गरे।
    लक्ष्मण गुरुङ, मिन बहादुर सुनार, इन्द्रप्रसाद गुरुङ लगायत १९ जना कार्यकर्ता बिहीबार पुन माओवादी केन्द्रमा फर्किएका हुन्।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…