• सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु,

    नमस्कार

    हामि नेपाली जनताले कहिले सम्म भाषणमा बिश्वास गर्ने ? भाषण धेरै भयो प्रधानमन्त्री ज्यु अव राष्ट्र निमार्णमा लागौ, समृद्द नेपाल बनाउनमा लागौ ! तपाँईले तिन चौथाई साम्सदको बिश्वासको मत पाउन सफल हुनुभएको छ यो राष्ट्र र जनताको लागी अत्यन्तै सकारात्मक सन्देश हो । साम्सदमा बिश्वासको मत पाए सगै साम्सद सामु जुन आफ्नो राय राख्नु भयो हामि जनताले चाहेको पनि यस्तै हो । तर भाषणमा भनिए जस्तै परिणाममा पनि आउनु पर्यो । सरकारले राम्रो कामको थालनी गर्नु पर्यो, र प्रतिपक्षले पनि राम्रो कामलाई सघाउनु पर्यो ।


    महिला दिवसकै दिन एक नारीमाथी छ घण्टा लामो लगातार बोक्सीको आरोपमा लात्ती र मुर्कि प्रहार गर्दा सयौको संख्यामा मुखदर्शक बन्ने हाम्रो समाज छ । ति ठाँउमा आधारभुत शिक्षा कहिले पुग्छ ? विकास निमार्णमा अवरोध गर्ने गुन्डागर्दिको अन्त्य कहिले हुन्छ ? भुकम्प पिडितले च्यादरको ओत लागेर कहिले बस्न पाँउछन् ? कर्णालीका जनताले कहिले डाक्टर पाउछन् ? नातावाद र कृपावादको कहिले अन्त्य हुन्छ ? हामि युवा कहिले सम्म नोकरीमा खाडि मुलुक जानु पर्छ ?नेपाली अदुवाले कहिले उचित मुल्य पाउछ ? हैन भने यस्ता भाषण जनताले कति सुने कति, काम बिनाको भाषणको कुनै अर्थ रहन्न भन्ने कुराको पनि हेक्का रहनु पर्यो । धेरै पछि देशले स्थायी सरकार पाएको महसुस गरेका छौँ । सम्माननीय प्रधानमन्त्री ज्यु ले हाम्रो आशा र भरोसालाई त्यत्तिकै सेलाउन दिनुहुने छैन भन्ने आशा गरेका छौ ।

    विवेक मिश्र

    बेलवारी ११, मोरङ































सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…