• काठमाडौं चैत, १–
    नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद देखिएको छ । बुधबार  राती प्रहरीले  व्यवसायी लामाका पुराना गतिबिधिलाई आधार बनाएर गोली प्रहार गरेको बताईएको छ ।  उनलाई काठमाडौं गौशालास्थित पशुपति भिजनमा पुरानो गुण्डागर्दी पृष्ठभुमिको आरोपमा गोली चलाएको लामाका निकटस्थहरुको भनाई छ । पछिल्लो समय कांग्रेस पार्टीको राजनीतिमा सक्रिय उनी बुधबार बेलुका पशुपति भिजनमा रहेको क्लव इन्द्रेणीबाट निक्लेर गाडी चढ्ने क्रममा  अन्धाधुन्द गोली प्रहारमा परेका थिए । उनले  लगत्तै आफूमाथि  गोली प्रहार गर्नेको पेस्तोल खोस्न सफल भएका थिए । पेस्तोल  खोस्नासाथ उक्त स्थानमा प्रहरी आईपुगेको थियो । प्रहरी आउनु र गोली प्रहार गर्ने व्यक्ति गायब हुनुले घटनालाई थप रहस्यमय र शंकास्पद बनाएको छ । लगत्तै घटनास्थल आईपुगेको प्रहरीले लामालाई पेस्तोलसहित पक्राउ गरेको कुरा सार्वजनिक गरेको थियो ।  गोली प्रहार गर्नेको पेस्तोल आफूले खोस्न सफल भएको बताउदा बताउदै प्रहरीले लामालाई हतियारसहित पक्राउ गरेको बताउनुले उनलाई फसाउन खोजेको प्रष्ट देखिन्छ । प्रहरीले जुन पेस्तोल(टाप– ५४)सहित  लामालाई पक्राउ गरेको बताएको छ त्यो पेस्तोल प्रहरीबाहेक अरुसँग नभएको बुझिएको छ ।  उच्च प्रहरी स्रोतका अनुसार त्यो पेस्तोल अहिलेसम्म नेपाल प्रहरीसँग मात्रै रहेको छ । त्यसरी प्रहरीसँग मात्रै हुने पेस्तोल कसरी गणेश लामाले गोली प्रहार गर्नेबाट खोस्न पुगे ? यो अत्यन्तै रहस्यको बिषय बनेको छ । पक्राउ पछिको बयानमा गणेश लामाले आफ्नो ज्यान बचाउन आफूले पेस्तोल खोसेको बताएका थिए ।
    यी घटनालाई हेर्दा काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेलले आफू नेपाल प्रहरी भित्र हिरो बन्नलाई यो घटना घटाएको देखिन्छ । पहिलेदेखि नै विवादास्पद पृष्ठभूमिका पोखरेलले यसअघि पनि सांसद नवराज सिलवाललाई पक्राउ गर्न सक्छु भनेर तत्कालिन परिसर प्रमुख रविन्द्र धानुकलाई हटाएर परिसर प्रमुख पुरस्कार पाउन सफल भएका थिए । यतिबेला फेरि उनी गणेश लामालाई फसाएर ओली सरकारबाट कुन पुरस्कार ताकेका छन् ? खोजीको बिषय बनेको छ । परिसर प्रमुख पोखरेलले दुई पटक निर्वाचन लडेर ४० हजार जनमत प्राप्त गरेका लामालाई फसाउन खोजेर जनमतको घोर अपमान गरेका छन् । यी सबै कुरालाई हेर्दा पोखरेलले किन यसो गरिरहेका छन् भनेर रहस्य बनिरहेको छ ।

    प्रहरी गोली चलेपछि सो स्थानमा पुगे पनि गोली कसलाई लाग्यो भन्ने बारे अहिलेसम्म खुलाइएको छैन। गोली एक्कासी किन हान्नु पर्‍यो भन्ने बारेमा पनि प्रहरीले केहि प्रष्ट पारेको छैन। लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पक्राउ लगत्तै उनलाई बुधबार राती प्रहरी वृत गौशालामा राखिएको थियो । प्रहरी हिरासतमा उनलाई  पारिवार लगायत कसैसँग पनि भेट्न दिएको थिएन । बिहिबार ११ः ३० बजे उनलाई काठमाडौं प्रहरी परिसर लगिएको बताईएको छ ।     गएको प्रदेशसभा निर्वाचनमा काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए । यतिबेला सामाजिक सञ्जालमा काभ्रेका स्थानीय बासिन्दा तथा कांग्रेस निकट नागरिकहरुले गणेश लामा पक्राउको निकै विरोध गरेका छन् । उनीहरुले ओली सरकार र प्रहरी प्रशासनको चर्को विरोध गरेका छन् ।

    केपी ओली नेतृत्वको सरकार आएसँगै काँग्रेससँग निकट रहेका लामा सहितका केहि यूवाहरु प्रहरीको निसानामा छन्। खासगरि काँभ्रेका तरुण दलका यूवाहरुलाई प्रहरीले निशानामा बनाएको तरुण दलका नेता कार्यकर्ताको भनाई छ ।  गृहमन्त्री राम बहादुर थापा बादल आएदेखि काँग्रेस निकट यूवाहरुलाई प्रहरीले खोजी खोजी कार्वाही थाल्ने अभियान नै शुरु गरेको छ। नयाँ सरकारलाई काम गरेको देखाउन प्रहरी पनि लागिपरेको छ ।

     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…