• काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा नेकपा (एमाले)का डा शिवमाया तुम्बाहाम्फे र नेपाली काँग्रेसका पुष्पा भुसाल गौतमले उम्मदेवारी दिएका छन् ।

    शुक्रबार हुने उपसभामुखको निर्वाचनका लागि उनिहरु दुवैले आज उम्मेदवारी मनोनयन दर्ता गराएका हुन । डा तुम्बाहाम्फेको प्रस्तावकमा देवप्रसाद गुरुङ र समर्थकमा रवीन्द्रप्रसाद अधिकारी छन् भने भुसालको प्रस्तावकमा डा डिला संग्रौला र समर्थकमा देवेन्द्रराज कँडेल रहेको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए । संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा गौतमले बताए । भोलिको प्रतिनिधिसभा बैठकमा दुवै उम्मेदवारीउपर छलफल गरिने र त्यसपछि मत विभाजन गरिने सचिवालयले जनाएको छ ।

    उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । प्रतिनिधिसभाका सभामुखको निर्वाचत गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा (माओवादी) केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

    संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतितिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।

    त्यस्तै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…