• २०७४ चैत्र ०२ शुक्रवार

    काठमाडौँ । मन्त्रिपरषद्को बिहिबारको बैठकमा मन्त्रालयहरुको संख्या थप र पुनः गठनबारे छलफल भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकले सो विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले जानकारी दिइन् ।

    विगतमा रहेका ३१ मन्त्रालय घटाई वर्तमान सरकारले कार्यसम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय कायम गरेकामा सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिता हुने भएकाले केही मन्त्रालय थप्ने गृहकार्य भएको हो ।

    संविधानअनुसार संघीय सरकारका २५ सदस्यसम्म मन्त्री रहन सक्नेछन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिनमा मन्त्रिमण्डल विस्तार गर्दै छन् ।

    फोरमपछि राजपा पनि सरकारमा गएका खण्डमा फेरि मन्त्रालय बढाउन सकिने बालुवाटार स्रोतले जनाएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…