• काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा प्रतिनिधि सभाको निर्वाचनमा काभ्रे क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेश सभा सदस्यका उम्मेदवार गणेश लामालाई प्रहरीले फसाउन खोजेको आरोप लागेको छ । लामालाई हतियार राखेर फसाउन लाग्दा समेत नेपाली काँग्रेस पार्टी र पार्टीका नेता मौन बसेका छन् ।निर्वाचनपछि काँग्रेस कमजोर बनेको अवस्थामा पनि काँग्रेस पार्टीको तर्फबाट सांसदको उम्मेदवार भइसकेका लामालाई फसाउँदा पार्टी र नेता नबोलेपछि कार्यकर्ता चिन्तित भएका छन् ।

    लामाले हतियार आफ्नो नभएको र आफुलाई आक्रमण गर्न आउनेसँग खोसेको बताइरहँदा पनि प्रहरीले उनलाई जर्वजस्ती उनकै हतियार भएको स्विकार्न दबाब दिइरहेको छ । महानगरीय प्रहरी परिसर स्रोतका अनुसार लामाले आफ्नो हतियार नभएको भन्दै प्रहरीले तयार पारेको मुचुल्कासहितको बयानमा हस्ताक्षर गर्न मानिरहेका छैनन् ।

    त्यसो त, महानगरीय प्रहरी बृत्त गौशालाबाट नै लामाथि मुद्दा चल्न सक्ने कानुनी प्रावधान हुँदाहुँदै उनलाई एकाएक भोलीपल्ट परिसर लगिएपछि त्यहाँका प्रहरी प्रमुख विश्वराज पोखरेलको स्वार्थमा उनलाई फसाएको आशंका गरिएको छ । काठमाडौं परिसरले कुनै पनि काम गर्न नसकिरहेको अवस्थामा उनलाई पक्राउ गरेर लामाको राजनीतिक करियर ध्वस्त पार्न सके उनको क्षेत्रबाट निर्वाचन जितेका उनका प्रतिस्पर्धी चन्द्र लामा मात्र होइन, क्षेत्र नम्बर १ का काँग्रेसी उम्मेदवार तिर्थ लामालाई समेत फाईदा पुग्ने देखिन्छ ।

    सोही कारण तिर्थ लामाले समेत उनको पक्राउलाई मौनता साधेका छन् । किनकी आगामी निर्वाचनमा क्षेत्र नम्बर १ बाट बलियो प्रतिस्पर्धीका रुपमा गणेश लामा आउने संभावना छ । लामामाथि भएको पेस्तोल काण्ड काभ्रे एमाले र काँग्रेसकै केही नेताहरुले उनको राजनीतिक करियर सिध्याउने खेलको हत्कण्डामा प्रहरी प्रयोग भएको त होइन ? त्यता पनि आशंका उब्जिएको छ ।

    लामा निकट केही काँग्रेसका नेताहरुले उक्त पेस्तोल प्रहरीकै हुन सक्ने र लामालाई विगतको पृष्टभूमि देखाएर फेक इन्काउण्टर गर्न खोजेको आशंका गरेता पनि त्यसको पुष्टि हुने आधार भेटिएको छैन् । उता लामा निकटका व्यक्तिहरुले भने निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेलमा बसिरहेका समिरमान बस्नेतको योजना हुन सक्ने आशंका गरेका छन् ।

    गौशालास्थित होटल पशुपति भिजनमा भएको उक्त गोली काण्डमा पीडित नै लामा देखिएको प्रत्यक्षदर्शीले बताए । लामालाई प्रहार गरेको गोली नलागेपछि प्रतिकार गर्ने क्रममा पेस्तोल खोस्न उनी सफल भएका थिए । उनैले प्रहरीलाई सम्पूर्ण विवरण बताएर पेस्तोल जिम्मा लगाएका थिए । प्रहरीले भने पेस्तोल लामासँग बरामद भएको भन्दै अनुसन्धानका लागि उनलाई हिसासतमा लिएको थियो ।

    गोली प्रहार गर्न आएका दुई ब्यक्ति प्रहरी भएको आशंका गरिएको छ । लामासँग बरामद भएको भनिएको पेस्तोल प्रहरीले प्रयोग गर्ने पेस्तोल भएको खबर सार्वजनिक भइसकेको छ । प्रत्यक्षदर्शीका अनुसार हतियारधारी समूहसँग लामाको घम्साघम्सी हुँदा गोली प्रहार गर्ने ब्यक्तिसँग लामाले पेस्तोल खोस्न सफल भएका थिए । लामाले पेस्तोल खोसेपछि उनीहरु फरार भए ।

    १० दिनको म्याद थप:

    उता बुधबार राति पक्राउ परेका लामालाई प्रहरीले १० दिनको म्याद थप गरेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले जानकारी दिए । प्रवक्ता थापाले लामामाथि हातहतियार तथा खरखजना ऐनमा मुद्दा चलाइने जनाए ।

    हातहतियार तथा खरखजना ऐनअन्तर्गत छ महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । लामामाथि विसं २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनलाई गत माघमा अदालतले सफाइ दिएको थियो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…