• काठमाडौं। एमाले र माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएका छन्। प्रधानमन्त्री केपी ओलीले आज सरकार विस्तार गर्ने भएपछि दुवै दलले आफ्नो तर्फबाट मन्त्री हुनेको नाम टुंगो लगाएका हुन्।

    एमालेले आफ्नोतर्फबाट सरकारमा सहभागी गराउन ६ मन्त्री र एक राज्यमन्त्री छानेको छ। जसअनुसार आज सरकारमा सहभागी हुनेहरुमा एमाले सचिव प्रदीप ज्ञवालीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

    यसैगरी अर्का सचिव गोकर्ण विष्टलाई श्रम तथा रोगजार मन्त्रालय, रवीन्द्र अधिकारीलाई पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेताहरुसँगको छलफलपछि आफ्नो पार्टीकातर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएका हुन्।

    एमालेले रघुवीर महासेठलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने भएको छ भने शेरबहादुर तामाङलाई कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने भएको छ।

    यसैगरी गोकल बास्कोटालाई सूचना तथा संचार राज्यमन्त्री बनाउने एमालेले निर्णय गरेको छ। यसअघि जनसंख्या तथा वातावरण बन्त्री रहेका लालबावु पण्डितलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    यसैगरी माओवादी केन्द्रले पनि आफ्नो तर्फबाट सरकारमा सहभागी पाँच जनाको नाम टुंगो लगाएको छ। माओवादी केन्द्रले वर्षमान पुनलाई जलस्रोत तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिएको छ। यसैगरी गिरिराजमणि पोखरेल शिक्षा मन्त्री, शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    यसैगरी चक्रपाणि खनाललाई कृषि तथा शहकारी र विना मगरलाई खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। नयाँ मन्त्रीहरुको सपथ आज चार बजे हुने कर्यक्रम रहेको छ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…