• काठमाडौं, २ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह बोल्ने धेरै, केही नगर्ने प्रवृत्ति प्रति राजावादीहरु निराश हुन थालेका छन् ।

    पूर्वराजा देख्यो कि जिन्दावाद भन्ने राजावादीहरु नेतृत्व लिन तैयार छु भनेर पनि सडकमा निस्केनन् भनेर दिक्क भएका छन् । फागुन ७ गते खोई २०६३ साल वैशाख ११ को राजनीतिक सहमति पालना गरेको भनेर नेताहरुलाई सोध्ने पूर्वराजा यतिबेला पूर्वतिरको भ्रमणमा छन् ।

    पूर्वराजाका सामु जनताको समर्थन र सहयोगी भीडको कमी छैन । तर पूर्वराजा जनताको नेतृत्व गर्न तैयार नै देखिदैनन् । किन होला ? राजावादीहरु आश्चर्यमा परेका छन् ।

    पूर्वराजा मध्य र सुदूरपश्चिमको भ्रमणपछि पूर्वको भ्रमणमा निस्केका हुन् । यसअघि भारतको उँटी पुगेर हिन्दु सम्राटको पगरी पनि गुथेरै आएका हुन् । तर नेपाली जनताको नेतृत्व गर्न सडकमा निस्कन तैयार छैनन् ।

    सामाजिक अभियन्ता केशव चौलागाईँ राजा भनेपछि हुरुक्क हुने व्यक्ति हुन् । उनले समेत प्रश्न गरेका छन्– पूर्वराजालाई वर्तमान बनाउन काँधमा बोकेर राजदरवार पु¥याइदिनुपर्ने ?

    उनका अनुसार आम जनताले राजसंस्था चाहे पनि त्यसलाई ‘क्यास’ गर्न नसक्नु ज्ञानेन्द्रकै कमजोरी हो ।

    पूर्वराजा ज्ञानेन्द्र ब्यापारारिक मानसिकताका मान्छे हुन्, जनताको स्वभाव अनुसार कार्यक्रम ल्याए भने ज्ञानेन्द्रको सत्ता पुनस्थापित हुनसक्छ । तर उनी भरतकेशरजस्ता हातमलुवाका चेपुवामै बसिरहेका छन् । यसरी राजसंस्था फर्कन्छ र ?

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…