• काठमाडौं। नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाम्फे प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले तुम्बाहाम्फेलाई सभामुखको निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो।

    २ सय १ प्राप्त  गरी प्रस्तावको पक्षमा स्पष्ट बहुमत पाएकाले तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकोे सभामुख कृष्णबहादुर महराले घोषणा गरे। कुल २ सय ५९ जना मध्ये प्रस्तावको पक्षमा २ सय १ र विपक्षमा ५८ मत परेको थियो। यता, काँग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा जम्मा ६१ मत परेको थियो।

    एमालेकी सांसद तुम्बाहाम्फे सत्तारुढ बामगठबन्धनको तर्फबाट उपसभामुखमा निर्वाचित भएकी हुन्। यस अघि सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले विपक्षको स्वभाविक दावी हुने तर्क गर्दै उपसभामुखमा भने भुसाललाई उम्मेदवार बनाएको थियो।

    नवनिर्वाचित उपसभामुख तुम्बाहाम्फेलाई सभामुख महराले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे। प्रतिनिधिसभाको अर्को बैठक चैत्र १२ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…