• २०७४ चैत्र ०४ आइतवार

    काठमाडौं;  फोरमसँग मन्त्रालय बाँडफाँड टुंगिनुअगावै प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि फोरमका नेता सशंकित भएका छन् । गत बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन ।

    तर, भोलिपल्टै ओलीले मन्त्रिपरिषद् विस्तार गरे ।
    बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर, भोलिपल्टै ओलीले मन्त्रिपरिषद् विस्तार गरे ।

    फोरमका एक नेताका अनुसार प्रधामन्त्री ओलीले स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय लिन पनि आग्रह गरेका थिए । तर, फोरमले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा जोड दिएको थियो । प्रधानमन्त्री ओलीले भौतिक योजना तथा पूर्वाधार मन्त्रालय आफ्नै पार्टीका रघुवीर महासेठलाई दिइसकेका छन् ।

    मन्त्रीका लागि पार्टीभित्रै विवाद
    सरकारमा जाने निर्णय गरेको संघीय समाजवादी फोरम आन्तरिक विवादमा फसेको छ । सरकारमा को–को मन्त्री बन्ने भन्ने विवाद उत्कर्षमा पुगेको हो ।

    मन्त्रीका लागि सुरुदेखि चर्चामा रहेका राजेन्द्र श्रेष्ठ र रेणु यादवको नाममै विवाद निम्तिएको छ । स्रोतका अनुसार श्रेष्ठ र यादव दुवैलाई मन्त्री बनाउन नहुने ‘लबिङ’ बलियो बन्दै गएको छ । यसका लागि फोरमका केही नेताले प्रत्यक्ष निर्वाचनबाट निर्वाचितलाई मात्रै मन्त्री बनाउनुपर्ने तर्क गरेका छन्।

    सरकारमा सहभागी हुन फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिन वाम गठबन्धन सहमत भइसकेको छ । फोरम स्रोतका अनुसार महासचिव रामसहाय यादवसहितको टोली सहअध्यक्ष श्रेष्ठलाई मन्त्री बनाउन नहुने अडानमा छ । साथै, संविधान संशोधन नगरी सरकारमा जानै नहुने तथा गए पनि प्रत्यक्ष निर्वाचितलाई मात्रै पठाउनुपर्ने तर्क यो टोलीको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समिति लागि तीन जना अध्यक्ष र …

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समितिको अध्यक्षमा हरि निरौला …

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…