• २०७४ चैत्र ०४ आइतवार

    काठमाडौँ — मोरङको मिक्लाजुङ–२ का एक मृगौलापीडितको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
     काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमबीच मृगौलापीडित सेनीहाङ लिम्बूको उपचारका लागि नगद २ लाख ६२ हजार ९ सय २३ रुपैयाँ हस्तान्तरण गरिएको हो ।


    मोरङ क्षेत्र नम्बर १ ‘क’ प्रदेश सांसद कुलप्रसाद साम्बाले सहयोग रकम पीडितका बुवा अमर लिम्बूलाई हस्तान्तरण गरे । सेनीहाङ परिवारको आर्थिक अवस्था कमजोर रहेको छ । दुवै मृगौला फेल भएका सेनिहाङ मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत छन् ।


    वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत पवन साम्बा, सूर्य साम्बा, अम्बिका माखिम, उपेन्द्र लिम्बू, रस्मिता लिम्बू, दिलु लिम्बू, कविता तामाङ र मिरु लिम्बूले सेनिहाङको उपचारका लागि रकम संकलन गरेका थिए ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…