• २०७४ चैत्र ०६ मंगलवार

    काठमाडौं । एक नम्बर प्रदेशको नाम किरात राख्न २५ लाख हस्ताक्षर बुझाउने कार्यक्रममा सहभागि हुन माओवादी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाले भूगोलबासीलाई अपिल गरेको छ ।

    मोर्चाले आज विज्ञप्ति प्रकाशन गरी प्रदेशको राजधानी विराटनगरमा हुने कार्यक्रममा सहभागिहुन मोर्चाका नेता, कार्यकता तथा आम भूगोलबासीलाई आपिल गरेको हो ।

    किराती समुदायको साझा संस्था किरात राई यायोक्खाको आव्हानमा संकलन गरेको २५ लाख हस्ताक्षर चैत्र  १५ गते प्रदेशका मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिपकुमार भण्डारीलाई संयुक्त रूपमा बुझाउने कर्यक्रम रहेको छ ।

    यायोक्खाले एक लाखबढी जनसहभागितामा हस्ताक्षर बुझाएपछि प्रदेशका ९३ जनै सांसदलाई किरात प्रदेश बन्ने आधारपत्र बुझाउने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सहभागिहुन आव्हन गर्दै मोर्चाले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ ‘मोर्चामा आबद्ध नेता कार्यकर्ताहरू र किरात भूगोलमा बसोबास गर्नुहुने सचेत सम्पूर्ण नागरिकहरूमा सहभागिताका लागि हार्दिक अपिल गर्दछौं ।’

    मोर्चा नेकपा(माओवादी केन्द्र) सम्बद्ध राष्ट्रिय(जातिय) मोर्चा हो ।

    संगठनका अध्यक्ष राजन किराती (बासु) र महासचिव अर्जुन किरातीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भूगोलको नाम किरात प्रदेश नामकरण गराउन पहल स्वरुप प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रतिपक्ष दलका नेता र ९३ सभा सदस्यरूलाई आधारपत्र बुझाइ सकेको जनाइएको छ ।

    एमाले सम्बद्ध जातिय संगठन नेपाल लोकतान्त्रिक किरात राई संघसँग संयुक्त रूपमा माओवादी केन्द्र र एमाले पार्टीलाई फागुन ३० गते आधारपत्र बुझाइएको समेत उल्लेख छ ।

    मोर्चासँगै विभिन्न राजनीतिक, सामाजिक संघ÷संस्थाहरूको पहल कदमीपछि प्रगतिसिल लेखक, विश्लेषकहरू, १ नम्बर प्रदेशका अधिकांस जनतामा प्रदेशको नाम किरात राख्न माहोल बन्दै गएको देखिन्छ ।

    यो भूगोलका जनप्रनितिधिहरू समेत प्रदेशको नाम किरात नै राख्दा साझाहुने मनसाय बन्दै गएको विज्ञप्ति मार्फत दावी गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘‘किरात कुनै एक जाति नभएर भूगोल, इतिहास, सभ्यता र भूगोलमा बस्ने अधिकांस जनताको साझा सम्बोधन भएको कुरा हामीले निक्कै अघिदेखि प्रष्ट्याउदै आएका छौं ।’

    ‘यो विषयमा भूगोलले उत्पादन गरेका प्रध्यापक÷डाक्टर, इन्जिनिय, शिक्षक, कानून व्यवसायी, पत्रकारलगायत आम जनताले बुझ्दै आएका छन्, हामी निरन्तर बुझाउने प्रयास गर्दै आएका छौ ।’’

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…